जन्मदिनको अवसरमा पत्रकार न्युरेले गरिन भोजन दान

Image
Nisarga Hospital

नेपाल प्रेस युुनियनकी केन्द्रीय सदस्या तथा कैलाली जिल्लामा लामो समयदेखि पत्रकारीता पेशामा आवद्ध जुझारु पत्रकार जमुना न्युरेले आफ्नो जन्मदिनको अवसरमा भोजन दान गरेकी छन् । धनगढी १३ मा रहेको दृष्टि फाउण्डेसनमा बसोबास गरिरहेका सम्पूर्णलाई आज बिहानको भोजन गराएकी हुन ।

CP Hospital Dhangadhi

पत्रकारीतासँगै समाजिक सेवाका कार्यमा पनि पत्रकार न्युरे उत्तिकै सक्रिय भएर लागि रहनु भएको छ । सेवा गर्नु मानवको कर्तव्य हो , भन्ने विचारलाई आत्मसाथ गरेर आज दृष्टि फाउण्डेसमा भोजन गराएको पत्रकार न्युरले बताइन् ।

Attariya Hospital

पछिल्लो समयमा फजुल खर्च गर्नेहरु भन्दा हाम्रो यस दृष्टि फाउण्डेसनमा जन्मदिन मनाएर सेवाको कार्यमा सरिक हुनेको संख्या बढिरहेको दृष्टि फाउण्डेसनकी अध्यक्ष कल्पना भट्टले बताइन् ।

nawajiwan