
लवदेव धामी /धनगढी: अभिनेता तथा नायक पल शाह धनगढीको दृष्टी फाउण्डेसनमा पुुगेका छन् । नयक पल शाह बिहिबार धनगढी १३ मा रहेको दृष्टि फाउन्डेसनमा कैलाली उद्योग बाणिज्य संघका सदस्य मिलन कुँवरको जन्मदिन मनाउन आएका हुन् ।

पल शाह दृष्टि फाउन्डेसनको मूल मर्म खान पुगोस्, दिन पुगोस् लाई आत्मसाथ गर्दै सहयोग गर्न धनगढी आईपुगेको बताएका छन् । यो भन्दा अगाडि पनि दृष्टि फाउण्डेसनमा पुगेका अभिनेता पल यो बर्ष पनि तीज आउनै लग्दा आफु माइतीको नाताले यो दृष्टि फाउण्डेसनमा आएको बताए ।

उनले भने दृष्टि फाउण्डेसनकी अध्यक्ष कल्पना भट्टबाट आफु समाज सेवा गर्न झन प्रेरीत भएर पनि दोस्रो पटक फाउण्डेसनमा आएको बताएका छन् । ‘फाउण्डेसनसँग आफ्नो रगतको नाता नभए पनि मनको अटुट नाता छ’ नायक पलले भने –‘बस्ने सबैसँग संवाद गरेर सबैलाई मिलेर बस्न र म फेरी पनि समयले साथ दिए आउने छु ।’































