गोदावरी नगरका ३ जना फरार प्रतिवादी पक्राउ

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरीका ३ जना फरार प्रतिवादी पक्राउ परेका छन्।

CP Hospital Dhangadhi

लागूऔषध मुद्दामा २० दिन कैद सजाय र २ हजार जरिवाना तोकिएको गोदावरी नगरपालिका–१ बस्ने २८ वर्षीय बिनोद पन्त, लागूऔषध मुद्दामै १ महिना २० दिन कैद सजाय तोकिएको गोदावरी नगरपालिका–३ बस्ने २३ वर्षीय समिर बिक र चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएको गोदावरी नगरपालिका–७ का २५ वर्षीय दलबहादुर रावल रहेका छन्।

Attariya Hospital

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तीनै जनालाई बिहीवार इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

nawajiwan