धनगढीमा तीन तले घरको तेस्रो तलामा एक जना मृत भेटिए

Image
प्रतिकात्मक फोटो
Nisarga Hospital

अत्तरिया : कैलालीको धनगढीमा एक जना मृत अवस्थामा फेला परेका छन् । आज (शनिबार) विहान धनगढी उपमहानगरपालिका–२ महालक्ष्मी विकास बैंक नजिकै राजेश श्रेष्ठको तीन तले घरको तेस्रो तलामा पहिचान नखुलेका एक जना मृत अवस्थामा फेला परेका हुन् ।

CP Hospital Dhangadhi

एक बर्षदेखि कोठा गरी तर पहिचान नखुलेका करिब ६२ वर्षीय पुरुष आफु सुत्ने कोठामा मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ ।

Attariya Hospital

स्थानीय लेखराज जोशीले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी वरिष्ठ नायव निरीक्षक गोपालबहादुर कार्कीको कमाण्डमा ५ जना र थप अनुसन्धानको लागि प्रहरी निरीक्षक उपेन्द्र बमको कमाण्डमा एसओसीओसहित प्रहरी टोली खटिएको थियो ।

nawajiwan