निजामती सेवा दिवसको अवसरमा रक्तदान, सुदूरका सर्वाधिक रक्तदाता उपाध्याय सम्मानित

Image
Nisarga Hospital

अत्तरियाः निजामती सेवा दिवस २०८१ को अवसर पारेर सामाजिक बिकास मन्त्रालय सुदुरपश्चिमले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

CP Hospital Dhangadhi

रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन । प्रादेशिक रक्तसञ्चार केन्द्र धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

मुख्यमन्त्री तथा मन्त्री परिषदका कानुन सचीव लिलाधर सुबेदीले रक्तदान गरि कार्यक्रमको शुरुवात गरेका थिए । सोही कार्यक्रममा स्वास्थ्य कार्यालय कैलालीमा कार्यरत दीपक जोशीले ७८ औं पटक रक्तदान गरेका छन ।

nawajiwan

Attariya Hospital

सामाजिक बिकास मन्त्रालयका सचीव चक्र पाणी पाण्डेले रक्तदाताहरुलाई प्रमाणपत्र बितरण गरेका थिए । कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, निजामती कर्मचारी र सर्वसाधारणले रक्तदान गरेका थिए ।

सर्वाधिक रक्तदाता उपाध्याय सम्मानित
निजामती सेवा दिवस २०८१ को अवसर पारेर सामाजिक बिकास मन्त्रालय सुदुरपश्चिमले आयोजना गरेको रक्तदान कार्यक्रममा सुदुरपश्चिममै सबैभन्दा धेरै पटक रक्तदान गरेको भन्दै संचारकर्मी एबम स्वयंसेवी रक्तदाता दीपक उपाध्याय सम्मानित भएका छन । उपाध्यायले हालसम्म १०६ पटक रक्तदान गरिसकेका छन ।

सामाजिक बिकास मन्त्रालयका सचीव चक्र पाणी पाण्डेले उपाध्यायलाई सर्वाधिक रक्तदान गरेको भन्दै आगामी दिनमा समेत रक्तदान गर्ने कार्यले निरन्तरता पाओस भन्दै सम्मानपत्र प्रदान गरेका छन । सचीव पाण्डेले आफु स्वयं रक्तदान गर्ने गरेको बताउदै मानव रक्षाका लागि रक्तदान माहादान रहेको बताए ।

सामाजिक बिकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्काले संचालन गरेको कार्यक्रममा सचीव पाण्डे सहित मुख्यमन्त्री तथा मन्त्री परिषदका कानुन सचीव लिलाधर सुवेदी, आन्तरिक मामिला मन्त्रालयका कानुन उपसचिव कृष्ण प्रसाद नेपाल लगायतको उपस्थिति रहेको थियो ।