आज थारु समुदायले अटवारी पर्व मनाउँदै

Image
Nisarga Hospital

अत्तरिया : आज थारु समुदायले अटवारी पर्व मनाउँदै छन् । भदौ महिनाको कृष्णअष्टमीपछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारू समुदायले अटवारी पर्व बनाउने गरेका छन् ।

CP Hospital Dhangadhi

दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारु समुदायले दिदीवबहिनीको सौभाग्यको कामना गर्दै मनाउने गरेको थारु संसस्कृतिका जानकारहरु बताउँछन् । अटवारीमा दाजुभाइले दिदीबहिनीको दीर्घायु एवं अटल सौभाग्यको कामना गर्दै व्रत बस्ने गरेको थारु नागरिक समाज कैलालीका संयोजक दीलबहादुर चौधरीले बताए । यस पर्वमा ब्रतालुले साझपख भीमको पूजा गर्ने गरेको उनी बताउँछन् ।

उनले भने ‘ब्रतालुहरुले साझ सूर्यास्त हुनु पहिले नै गुइठाको आगोमा सल्लाको धूप बालेर भीमको पूजा गर्ने चलन छ । गहुँको पीठोबाट बनाइएको खुर्मा,अनदी चामलको बरिया,रोटीलगायत देउतालाई चढाएपछि एकभाग दिदीबहिनीका लागि छुट्याएर बचेको ब्रतालुले खाने गर्छन् ।

nawajiwan
Attariya Hospital

दिदीबहिनीका लागि छुट्याइएको खानेकुरा जसलाई अग्रासन भन्ने गरिएको उनले बताए । उक्त अग्रासन भोलिपल्ट सोमबार ब्रतालुले कोसेलीको रुपमा विवाहित दिदीवहिनीको घरमा लगेर दिने प्रचलन रहेको उनको भनाइ छ । उनले भने ‘अटवारीको अघिल्लो दिन अर्थात शनिबारको राति ‘दर’ खाने गरिन्छ । जसलाई भिन्सर्या भनिन्छ ।’ ‘दर रातिको समयमा भाले नबास्दै खाने गरिन्छ उनले भने ‘अग्रासनपछि यो पर्व समापन हुन्छ ।’

महाभारतमा पाँच पाण्डवका भाइ भीमले थारु चेलीबेटीलाई गलत नजरले हेर्ने राक्षसलाई मारेर थारु चेलीको रक्षा गरेको हुनाले भीमको पूजा गर्ने गरिएको उनले बताए । बाँके,बर्दिया,दाङ,कैलाली,कञ्चनपुर लगायत जिल्लामा अटवारी विशेष महत्वकासाथ मनाइने गरेको छ ।