विपि कोईरालाको १११ औं जन्मदिनको अबसरमा गोदावरी १० मा बिपन्न परिवारको घरको शिलन्यास

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न. १० को शितापुर टोलमा रहेको बिपन्न परिवारको लागि घर निर्माण गरी दिने भन्दै आज एक विशेष समयमा घरको शिलन्यास भएको छ ।

CP Hospital Dhangadhi

विपि कोईरालाको १११ औं जन्मदिनको अबसरमा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले घरको शिलन्यास गरेका हुन । भने कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभासद माननिय तुलसी देवकोटा, नेपाली कांग्रेस क्षेत्र न. ४ का क्षेत्रिय सभापति ललित रोकाया, गोदावरी नगरपालिकाका नगर प्रबक्ता गोपाल दत्त भट्ट, बिभिन्न बडाका प्रतिनिधि लगायत नेपाली कांग्रेस प्रतिनिधिहरुको उपस्थितिमा घरको शिलन्यास भएको हो ।

nawajiwan

नेपाली कांग्रेस गोदावरी नगर कार्यसमितिद्वारा आयोजित कार्यक्रममा जस्को कोही छैन उसको नेपाली कांग्रेस भन्ने मूल नाराका साथ बिपन्न एव् अपाङ्गता भएका डम्मरे कामी तथा आमा ८० बर्षिया लाली कामीको परिवारको घर निर्माणका लागि आज देखि काम शुरु भएको छ ।

विपि कोईरालाको १११ औं जन्मदिनको अबसरमा बोल्दै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टलें गोदावरी १० मा विपन्न तथा अपाङ्गता परिवारको पक्की घर केही दिनमा नै बन्ने भए पछि हामी र हाम्रो पार्टी ले समाजिक उत्तरदायित्व लिँदै गरेको देख्दा आफू खुसी रहेको र आगामी दिनमा पनि पालिकाको यस्ता परिवारको खोजी गरी जीवनस्तर उकास्न सहयोग गर्ने बताएका छन् ।

Attariya Hospital

नगरकार्यसमिति अन्तरगतको उद्धार समितिले सोमबार परिवारलाई कांग्रेसका नगर कार्यसमिति सभापति विर बहादुर चोखाल, क्षेत्र नं. ४ का क्षेत्रिय सचिव जयराज फुलारा, नेपाल तरुण दलका केन्द्रिय सदस्य तेज खड्का, नेपाल तरुण दल नगर सभापति रमेशराज भट्टराई, उद्धार समिति संयोजक प्रेम कुमाल, नगर सचिव योगेश भट्ट, कांग्रेसको गोदावरी – ३ का उपसभापति बेद प्रकाश पाण्डेय, टोल सभापति दुर्गा दत्त भट्ट लगायतको उपस्थिति रहेको थियो ।

नगरकार्यसमितिले ‘जसको कोहि छैन, उसको नेपाली कांग्रेस नगर कार्यसमिति’ भन्ने नारा लिएर पछिल्लो समय आर्थिक रुपमा विपन्न परिवारहरुलाई सहयोग गर्ने काम गर्दै आईरहेको छ ।

बिपि जयन्तीको अबसरमा आज बिहानै नेपाली कांग्रेस क्षेत्र न. ४ को  क्षेत्रिय  पार्टी कार्यालय बनखेतमा नेता कार्यकर्ताहरुले फूलमाला अबिर सहित बिपिको फोटोमा माल्यार्पण गरेका थिए ।