प्रतिभा सामुदायिक पुस्तकालयमा विपीको जन्मजयन्ती मनाईयो

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयमा स्व.विपी कोइरालाको १११ औं जन्म जयन्ती अवसर पारेर साहित्य एबं स्व. विपी कोइराला विषयक विचार गोष्ठी कार्यक्रम आयोजना गरिएको छ ।

CP Hospital Dhangadhi

पुस्तकालयले सोमबार नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको १११ औ जन्मजयन्ती स्व. विपी प्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदान चर्चा गरी मनाएको छ । प्रतिभा सामुदायिकपुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो ।

अध्यक्ष जोशीले यस संस्थाले हरेक वर्ष स्व. विपी कोइरालाको जन्मजयन्ती मनाउँदै आईरहेको बताए । सो अवसरमा स्व. विपी कोइरालाको जीवनी, साहित्यिक व्यक्तिव माथि प्रकाश पार्ने विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताए । कार्यक्रममा उपस्थित वक्ताहरुले लेख, रचना, साहित्य प्रस्तुत साथै स्व. विपी कोइरालाका विचारका बारेमा चर्चा गरेसँगै वक्ताहरुले बीपीको विचार आजको समाजमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका थिए ।

nawajiwan
Attariya Hospital

स्व. बिपी कोइराला सफल राजनीतिज्ञका साथै सफल साहित्यकार समेत हुन् । उनका ‘दोषी चस्मा’ कथासङ्ग्रह, ‘सुम्निमा’ ‘मोदिआइन’, ‘तीन घुम्ती’, ‘हिट्लर र यहुदी’, ‘बाबु, आमा र छोरा’, ‘नरेन्द्र दाइ’ उपन्यास र कविता कृति प्रकाशित छन् ।

कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गरेका थिए । वीपीको निधन वि.सं २०३९ साउन ६ गते काठमाडौँमा भएको थियो ।