यथाशीघ्र गेटा मेडिकल विश्वविद्यालय संचालकको माग गर्दै अनेरास्ववियुको शिक्षा मन्त्री लाई ध्यानाकर्षण

Image
Nisarga Hospital

केन्द्रिय कमिटी उपाध्यक्ष क.गोबिन्द गिरि , केन्द्रिय सचीव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज क.दिपक धामि लगायतका कम्रेडहरुको उपस्थितिमा अनेरास्ववियु सुदूर पश्चिम प्रदेश कमिटीले शिक्षा मन्त्री माननीय बिधा भट्टराई लाई ज्ञापनपत्र बुझाएको छ।

CP Hospital Dhangadhi

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटा स्थापनाको लागि सुदूरपश्चिमका जनता लामो समय देखी संघर्ष गर्दै आएका छन्। स्वास्थ्य सुविधा र स्वास्थ्य शिक्षाको जनशक्ति उत्पादनमा पछाडि परेको सुदूरपश्चिमका जनताले फेरि एक पटक राज्यबाट ठगिएको अनुभूति गरेका छन। बर्सेनि हजारौ मानिस अझै पनि गुणस्तरीय स्वास्थ्य सुबिधा नपाएर अकाल मै ज्यान गुमाउन पर्ने अबस्था छ ! गेटा बिश्वबिद्धालयको निर्माण सङ्गै आम सुपका जनतामा गुणस्तरीय स्वास्थ्य र शिक्षा पाउने आशा जगाएको थियो!!

राष्ट्रिय सभाबाट पारित विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्रारम्भिक छलफलको चरणमा प्रवेश गरेको छ । समितिमा छलफल अगाडि नै दुईपटक समितिबाट स्थलगत भ्रमण गरि सरकारलाई सुझाव सहितको निर्देशन दिएको थियो!! राज्यले अरबौको लगानी गरेर सुबिधा सम्पन्न भौतिक संरचना हरु निर्माण भएका छ्न ! एका तिर राज्यको ब्यवास्थाका कारणले अरबौका संरचना हरु खंडहर भन्ने अवस्था निर्माण भएको छ भने अर्को तिर सुपका जनतामा कतै राज्यले बिभेद गरेको त होइन भन्ने आशन्का उत्पन्न गरेको छ ! देशभरिमा सुदूरपश्चिम बाहेक ६ वटा प्रदेशमा २५ वटा मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठान २१४० सिटमा सरकारले भर्ना खोलेको छ तर सुप प्रदेशको गेटा बिश्वबिद्धालय अझै अन्योलको अबस्थामा रहेको कार्य प्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ ! तपशिल बमोजिमका हाम्रा माग हरुलाई सम्बोधनका निमित्त मन्त्री ज्युको ध्यानाकर्षण गराउन चाहन्छौ !
१-गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक संसद्को यही सत्रबाट पास गरियोस्।

nawajiwan
Attariya Hospital

२-चिकित्सा शिक्षा आयोगको व्यवस्था अनुसार ३०० शैय्याको अस्पताल सञ्चालन गरि यही सत्रबाट विषेश व्यवस्था सहित एमबिबिएस कोर्ष सञ्चालन गरियोस्।
३ बाँकी रहेको संरचना निर्माणका लागि पर्याप्त बजेटको ब्यवस्था गरियोस् !

र साथै अनेरास्ववियुका केन्द्रिय सचीव दिपक धामीका अनुसार अरु राजनीति दलका शिर्ष नेतृत्व लाई भेटेर ध्यानाकर्षण गर्ने साथै सुदुरपश्चिमका नेता लाई भेटेर ध्यानाकर्षण गर्ने बताउनु भएको छ । साथै सम्पुर्ण युवाहरु लाई यो अभियानमा लाग्न पनि अपिल गर्नु भएको छ ।