अत्तरियाका दुई सहकारीमा चोरी

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको अत्तरियामा रहेका २ वटा सहकारीमा चोरी भएको छ। साना किसान कृषि सहकारी मालाखेती र मानाङ्क बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको हो । दुवै सहकारीमा चोरले तोडफोड गरेर क्यामेराको डिभाइस लगायतका सामान चोरी गरेको छ ।

CP Hospital Dhangadhi

साना किसान कृषि सहकारी मालाखेतीका मुख्य प्रबन्धक गोरख खत्रीले चोर झ्यालको ढोका फुटाएर सहकारी भित्र पसेको बताए । उनका अनुसार सहकारीको हलको झ्यालको ढोका फुटाएर सहकारी भित्र पसेको चोरले ऋण शाखाको कोठाको ढोका फुटाएर लकरबाट चोरी गर्ने प्रयास गरेको थियो ।

आधुनिक लकरमा चोरले तीन वटा ताला टुटाएको भए पनि पैसा नभेटेपछि छोडेको उनले बताए । उनले नगद चोरी हुनबाट जोगिए पनि करिब १ लाख ४० हजारको भौतिक क्षति भएको बताएका छन् । सोमबार बिहान कार्यालय खोल्ने समयमा चोरी भएको थाहा पाएको मुख्य प्रबन्धक खत्रीले बताए ।

nawajiwan

यसअघि २०७९ पुस ७ गते पनि चोरी चोरी भएको बताउदै प्रबन्धक खत्रीले पुरानै तरिकाले पैसा चोर्ने प्रयास गरेको बताएका छन् । त्यतिबेला सहकारीबाट ५ लाख ६८ हजार ६ सय ३ रुपैयाँ चोरी भएको थियो तर उक्त चोरीमा सलग्न अहिले सम्म पक्राउ परेका छैनन् ।

Attariya Hospital

यस्तै अत्तरिया स्थित मानाङ्क बचत तथा ऋण सहकारी संस्थामा पनि चोरी भएको छ। सहकारीमा चोरले मुख्य ढोकाको च्यानल गेट फुटाएर चोरी गरेको सहकारीका प्रबन्धक प्रकाश जोशीले बताए । उनले च्यानल गेटबाट भित्र हलमा पसेर भित्र ३ कोठाका ढोका फुटाएर ल्यापटप चोरी गरेर तोडफोड गरेको र चोरले सिसिटिभी डिभाइस पनि लगेको बताएका छन् ।

सहकारीमा क्यास पैसा नराख्ने भएकाले अन्य चोरी हुन नपाएको उनले बताए । उनले चारैतिर सिसिटिभी क्यामेरा भए पनि कबरेज डिभाइस नै चोरी भएकाले समस्या भएको बताएका छन् । उनले पनि चोरी भएको बारेमा सोमबार बिहान कार्यालय खोल्न खोज्दा मात्रै थाहा पाएको बताए ।

इलाका प्रहरी कार्यालय मालाखेतीले दुवै सहकारीका चोर पत्ता लगाउनको लागि अनुसन्धान जारी रहेको जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले दुवै सहकारीमा सोमबार बिहान चोरी भएको थाहा भए पनि शनिवार देखि बिदा भएका कारण बन्द रहेका सहकारीमा कुन समयमा चोरी भएको यकिन हुन नसकेको बताए ।