अत्तरिया सामुदायिक सिकाई केन्द्रद्वारा कृषकसमूहलाई तरकारीको बिउँ बितरण

Image
oplus_131074
Nisarga Hospital

अत्तरियाः कैलालीको अत्तरियामा रहेको अत्तरिया सामुदायिक सिकाई केन्द्रद्वारा कृषक समूहलाई तरकारीको बिउँ बितरण गरेको छ ।

CP Hospital Dhangadhi

सामुदायिक सिकाइ केन्द्रले समुदायका व्यक्तिहरूको जीवनस्तर उकास्न सिकाइ र कमाइसँगै लगेका सफल उदाहरण नेपालमा पनि पाइन्छ । आफ्नो क्षमताअनुसार शिक्षा र सीप आर्जन र परिष्कृत गर्दै स्वरोजगार बन्ने अवसर प्राप्तिमा सामुदायिक सिकाइ केन्द्र एक सशक्त माध्यम बन्दै आएको छ ।

nawajiwan

यसै बिच बिहिबार अत्तरियामा एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका बिभिन्न वडामा कृषि पेसा अगाल्दै आएका महिला तथा पुरुष कृषक समूहलाई तरकारीको बिउ बितरण गरेको छ । आ‍- आफ्नो समुदायमा अर्गानिक तरकारी उत्पादनको लागि आयआर्जन गर्ने समुहहरु लाई तरकारी बिउबितरण गरेको जानकारी अत्तरिया सामुदायिक सिकाई केन्द्रका अध्यक्ष टिका दत्त जोशीले बताएका छन ।

तेसै गरी कृषकहरुलाई तरकारी के कसरी लगाउने, कसरी उत्पादित तरकारी बजारीकरण गर्ने, र कसरी समुदाय स्तरमा तरकारी उत्पादन गरी आत्म निर्भर बन्न सकिन्छ भन्ने कुराको अभिमुखीकरण गोदावरी नगरपालिका कृषि शाखा प्रमुख नन्दी मल्लले दिएकी थिईन ।

Attariya Hospital

सामुदायिक सिकाई केन्द्रद्वारा ३६ जना समूहलाई प्रति समूह रू. १,१६० का दरले बिउँबिजन बितरण गरेको र जस अन्तरगत बन्दागोपी, फुलगोपी, खुर्सानी, टमाटर, प्याज, धनिया, मुला लगायत अन्य तरकारी रहेको बताएका छन ।

समुदायका मानिसहरू मिलेर समुदायको विकासका लागि समुदायबाटै स्थापना र व्यवस्थापन गर्नेगरी अनौपचारिक प्रकृतिको स्वायत, स्वशासित स्थानीय शैक्षिक संस्था सामुदायिक सिकाइ केन्द्र हो ।

सामुदायिक सिकाइ केन्द्रले व्यक्तिको शारीरिक, मानसिक, सामाजिक विकास र विस्तारका साथै नवीनतम ज्ञान र सीपबाट सुसूचित गर्दै सशक्तीकरण गर्न समयको माग र समुदायको आवश्यकताअनुसार विभिन्न कार्यहरू गर्छ । निरक्षर व्यक्तिहरूलाई अनौपचारिक शिक्षाको माध्यमबाट आधारभूत शिक्षा पाउने अवसर, विद्यालयबाहिरका केटाकेटीहरूलाई अनौपचारिक शिक्षाको माध्यमबाट विद्यालय शिक्षा प्राप्त गर्ने अवसर, समुदायका व्यक्तिहरूलाई साक्षरता, साक्षरोत्तर तथा निरन्तर शिक्षा जीवनपर्यन्त शिक्षा पाउने अवसर, व्यक्तिलाई आवश्यक ज्ञान सीप सूचना उपलब्ध गराउन पुस्तकालय वा स्रोतकेन्द्र सञ्चालन, समुदायका मानिसहरूको जीवनस्तर बढाउन पेसागत समूहहरू गठन गरी समूहगत कृयाकलाप गर्दै आएको छ ।