
नागरिकले शान्तिको लागि आन्दोलन् गर्छन्,
अवसरबाद सँगै बनेर दागि आन्दोलन् गर्छन्।
कसैलाई देशको चिन्ता कसैले गर्छन् रमाइलो,
हाम्रो देशमा धेरैजसो धागी आन्दोलन् गर्छन्।
बाँचनु छैन नागरिकहरू लाई आन्दोलन् नगर्दै,
तिमी भन्छौ देशमा अभागि आन्दोलन गर्छन।
यो व्यवस्थाबाट आहाल थिचोमिचो गरेपछि,
बन्छन् यो व्यवस्थाका बागि आन्दोलन् गर्छन्।
सधैँ कायर जस्तै हातमा दही जमाएर नबसौँ,
अब त सबैजसो सिमा नागि आन्दोलन् गर्छन्।
देश तथा विदेशमा बसेर पनि देशभक्तहरूले,
देशको रक्षा गर्न सधैं जागि आन्दोलन् गर्छन्।

॥१॥
म अस्पत्तालमा भर्न हुँदा बित्तिकै प्यार आयो,
दुश्मन् फूलको गुल्दस्ता लिएर उपहार आयो।
मानिस गोलीले मात्र मर्दैन बोलीले पनि मार्छ,
देख्दा गुलदस्ता मुटुमा बिज्ने औजार आयो।
नजिक बस्यो ऊ खुट्टा दबाउँदै भन्यो खुसि छु,
होष्पिटलमै म मन्त्री भएको समाचार आयो।
तिम्रो नजरमा म अपराधी भएर केहुन्छ भन त,
मन्त्री भएपछि सधैँ स्वर्गमा बस्ने आधार आयो।
मैले पनि त हात्तिछाप नलगाएको होइन मित्र,
जनताले साथ दिए र जीवनमा निखार आयो।
हिंजो सबैले अल्छी भने चोर भन्दै उपहास गरे,
आज सम्मान् गर्छन् र भन्छन् साहुकार आयो।

॥२॥
चसक्क हुन्छ मनमा देशको उपहास हुँदा,
अपराधी मुक्त देशभक्तलाई काराबास हुँदा।
कुन् देशभक्तको मन् रूँदैनहोला भनिदेऊ,
हाम्रो देशको श्री सम्पत्ती सबै निकास हुँदा।
उनि शहीद केकालागि भएका थिए साथि,
अचेल प्रश्न गर्ने मन लाग्छ नेतानै दाश हुँदा।
देशमा बिकास हुनसकिन युवा बिहिन भयो,
कसलाई भनौँ यो देशमा जिउँदा लास हुँदा।
मरेपछि स्वर्गमा जाने सर्तमा बाँचेका हुन्छन्,
विद्रोह गर्न पनि डराउँछन् दुःखकै राश हुँदा।
लोभले लाभ भयो लाभले पनि बिलाप भयो,
हाम्रो देशभित्र कुसंस्कार नै धेरै खास हुँदा।

॥३॥
थाहा छ मलाई मेरै पनि अन्तिम सँस्कार हुनेछ,
एकदिन यही सरिर पनि आगोकै उपहार हुनेछ।
त्यसैले अचेल त धनको पछि भाग्दैन कत्तिपनि
अन्तिम सम्ममा यही लोभ रहित निखार हुनेछ।
कसै कसैले भन्लान् त्यो मर्यो हाइसुख्ख भयो,
तर कसैलाई भने आँशु बगाउँने आधार हुनेछ।
मरेको मानिसलाई स्वर्ग के नर्क के थाहा भयो,
कसैलाई त मेरै मृत्युको समेत इन्तिजार हुनेछ।
समय ठिक त्यस्तै छ हिंजो आज के भनौँ साथि,
खाई नखाई जोगाएको सम्पतिमा मारामार हुनेछ।
मैले आज अर्कैको कथा लेख्छु मनोरञ्नको लागि,
होनहो एकदिन मेरै मृत्युको त्यसमा समाचार हुनेछ।
॥४॥
दिनदिनै शंघर्ष गर्नैपर्ने पनि कस्को रहर हुन्छ,
बोल्नै पर्छ जब सरकार नि यहाँ बेखबर हुन्छ।
मानिस भएपछि खान र लगाउँने अधिकार हो,
बोडर काट्नै पर्ने खानलाई कस्को कदर हुन्छ।
नागरिक भएर बाच्न दिउ सबैलाई स्वाभिमानी,
अखण्ड देश नागरिकको उज्यालो अधर हुन्छ।
फरक यत्ती छ नेता र ममा बिचार भन्छन् उनि,
मेरो भनाई त व्यवहारमै परिणित सक्भर हुन्छ।
नेपाल देश मेरो मात्र होइन नत नेताको मात्रै हो,
नागरिकहरू सबैलाई देश जोगाउँने कर हुन्छ।
हेरौँ त युवा बिहिन भयो मेरो देश ढिकमा पुग्यो,
डर लाग्छ र लेख्छु कुनैदिन विदेशी नगर हुन्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८





























