अत्तरियाको लोटस आई माबिका संचालक कडायत राष्ट्रिय शिक्षा पुरुस्कार २०८१ बाट सम्मानित

Image
Nisarga Hospital

अत्तरियाः निजी क्षेत्रबाट शिक्षा क्षेत्रमा गरेको अतुलनीय योगदानको कदर गरी गर्दै अत्तरियामा रहेको लोटस आई अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक गिरीराज कडायतलाई राष्ट्रिय शिक्षा पुरुस्कार २०८१ बाट सम्मानित गरेको छ ।

CP Hospital Dhangadhi

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले लोटस आई अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक गिरीराज कडायत सहित ३२ जनालाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार निजी लगानीका विद्यालयका शिक्षक, कर्मचारी र संस्थापक तर्फ कोशी प्रदेशबाट पाँच जना, मधेशबाट पाँच, वाग्मतीबाट पाँच, गण्डकी प्रदेशबाट तीन, लुम्बिनी प्रदेशबाट पाँच, कर्णाली प्रदेशबाट चार र सुदुरपश्चिम प्रदेशबाट पाँच जना छानिएका छन ।

nawajiwan
Attariya Hospital

निजी क्षेत्रबाट शिक्षा क्षेत्रमा गरेको अतुलनीय योगदान गरेका सुदुरपश्चिम प्रदेशबाट पाँच जना छानिएका छन । जस अनुसार श्री पाटन भ्याली बोर्डिङ स्कुल पाटन बैतडीका संस्थापक नारायण सिंह भण्डारी, श्री जेशिश एभरेष्ट मा.वि. धनगढी २ वैयावेहडी कैलालीका संस्थापक करुणाकर पाण्डेय, श्री भागरथी एकेडमी सिलगढी डोटीका प्रिन्सिपल हेमराज मलासी, श्री क्रिएटरजोन एकेडेमी बडिमालिका ८ मार्तडी बाजुराका संस्थापक मीन बहादुर कार्की र श्री लोटस आइ सेकेण्डरी स्कूल अत्तरिया गोदावरी कैलालीका संस्थापक गिरिराज कठायत पुरुस्कृत भएका छन ।