श्रमिकलाई सीपको माध्यमबाट आत्मनिर्भर बनाउँदै नेपाल ट्रेड युनियन कांग्रेस

Image
Nisarga Hospital

अत्तरिया : श्रमिक वर्गलाई विदेश जानबाट रोक्न र नेपालमै आत्मनिर्भर बनाउने उदेश्यले नेपाल ट्रेड युनियन कांग्रेस कैलालीले सीपमूलक तालिम संचालन गरेको छ ।

CP Hospital Dhangadhi

आज (बिहिबार) धनगढीमा साग्रा जिवनउपयोगी गोष्ठीको आयोजना गर्दै ट्रेड युनियन कांग्रेसले २४ जनाका लागि तरकारी खेती सम्वन्धी तालिम र १० जनाका लागि हेयरकटिङको तालिम संचालन गरेको हो । ट्रेड युनियन कांग्रेस केन्द्रीय समिति र जापानको श्रमिक संगठनको सहयोगमा सो तालिम संचालन गरेको ट्रेड युनियन कांग्रेस कैलालीका अध्यक्ष सुरत बहादुर स्वारले जानकारी दिए । कांग्रेसबाट प्रदेशसभा सदस्य तुलसी देवकोटाले कार्यक्रमको उद्घाटन गर्दै सीपमूलक तालिमको माध्यमबाट आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताइन् । ‘यो कार्यक्रामबाट सीप सिकेर आत्मनिर्भर हुन सिकाउने नै भयो’ उनले भनिन ‘रोजगारीसँगै नेता बनाउन पनि प्रेरित गर्नेछ ।’

Attariya Hospital

ट्रेड युनियन कांग्रेस केन्द्रीय कार्यसमितिका निवर्तमान उपमहासचिव सीताराम अवस्थीले बरोजगार अन्त्य गर्न यो तालिमले महत्वपूर्ण कार्य गर्ने बताए । ‘नेपालमा श्रमिक वर्ग विरलै पाउन थालेका छन’ उनले भने ‘सबै विदेश पलायन हुन थाले त्यसलाई रोक्न र आफ्नै देशमा श्रम गरी खान यो तालिमले प्रेरित गर्ने छ ।’

nawajiwan

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस सुदूरपश्चिम प्रदेश अध्यक्ष ज्ञानेन्द्र शाही, नेपाली कांग्रेसका सुदूरपश्चिम सदस्य रामबहादुर देउवा, नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष दीर्घ शाह, जापानको श्रमिक संगठन नेपालका कोडिनेटर लक्ष्मण शाही, नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपमहासचिव देवदत्त वडू, केन्द्रीय समिति सदस्य एवं सहकारी विभागका सचिव शान्ति सिंहले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नेपाल ट्रेड युनियन कांग्रेस कैलालीका अध्यक्ष सुरत बहादुर स्वारको सभापतित्वमा सो कार्यक्रम सुरु भएको थियो ।