कैलालीमा औलो रोगका बिरामी बढे, कुन पालिकामा कति बिरामी ?

Image
Nisarga Hospital

अत्तरिया : कैलालीमा औलो रोगका बिरामी बढ्न थालेका छन । आर्थिक वर्ष २०७८\७९ मा ९५, २०७९\०८० मा ७३, २०८०\८१ मा १४० जना रहेका छन् । हरेक बर्ष मलेरिया बढ्नुको कारण रोजगारीका लागि भारत गइ घर फर्केकाहरुमा देखिने गरेको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले जानकारी दिइन ।

CP Hospital Dhangadhi

२०७८\७९ मा २ जना स्थानीय र ९३ जनामा भारतबाट घर फर्केकामा रहेको उनले बताइन् । त्यस्तै २०७९\०८० मा ३ स्थानीय र ७० आयातित औलो रोगी, २०८०\८१ मा ६ स्थानीय र १ सय ३४ आयातित रोगी रहेको उनले बताइन् । पहाडी क्षेत्रमा भन्दा तराई क्षेत्रमा बिरामी बढी देखिने गरेको उनको भनाइ छ । स्वास्थ्य कार्यालयको तथ्याङ्कमा आव २०७८\०७९ मोहन्याल गाउँपालिका ५, गोदावरी नगरपालिकामा २१, गौरीगंगा नगरपालिकामा १३, घोडाघोडी नगरपालिकामा ७, बर्दगेरिया गाउँपालिकामा १४, लम्कीचुहानगरपालिकामा १२ बिरामी रहेको उल्लेख छ ।

आव २०७९\०८० मा गोदावरी नगरपालिकामा १६, गौरीगंगा नगरपालिकामा १४, घोडाघोडी नगरपालिकामा २, बर्दगोरिया गाउँपालिकामा ३, लम्कीचुहा नगरपालिकामा ५, जानकी गाउँपालिकामा ५, जोशीपुर गाउँपालिकामा १, टिकापुर नगरपालिकामा १०, भजनी नगरपालिकामा १, कैलारी गाउँपालिकामा १ र धनगढी उपमहानगरपालिकामा १५ बिरामी रहेका थिए ।

nawajiwan
Attariya Hospital

त्यस्तै २०८०\८१ मा मोहन्याल गाउँपालिकामा ३, चुरे गाउँपालिकामा १, गोदावरी नगरपालिकामा २४, गौरीगंगा नगरपालिकामा ३८, घोडाघोडी नगरपालिकामा १०, बर्दगोरिया गाउँपालिकामा ४, लम्कीचुहा नगरपालिकामा ८, जानकी गाउँपालिकमा २, जोशीपुर गाउँपालिकामा १, टीकापुर नगरपालिकामा २३, भजनी नगरपालिकामा ३, कैलारी गाउँपालिकामा १ र धनगढी उपमहानगरपालिकामा २२ जना रहेको स्वास्थ्य कार्यालय कैलालीको तथ्यांक छ ।

औलो रोग रोकथामका लागि नाकामा कडाई गरिनुपर्ने फोकल पर्सन मीनबहादुर धामीले बताए । औलो एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट हुने एक प्रकारको सरुवा रोग भएको उनले बताए । उनले औलोको मुख्य लक्षण उच्च ज्वरो आउनु, कम ज्वरो र पसिना आउनु र टाउको बेस्सरी दुख्नु, कमजोरी हुनु र वाकवाकी लाग्नु रहेको बताए ।

सुत्नेबेला सधै झुलभित्र सुत्ने, शरीरको खुल्ला भागमा लामखुट्टे भगाउने मलम लगाएर पनि लामखुट्टेको टोकाइबाट बच्न सकिने उनको भनाइ छ । धामीका अनुसार घरभित्र, बाहिर, बरण्डा वा आँगनमा बस्दा लामखुट्टे भगाउने धुप वा लिक्युडको प्रयोग गर्नुपर्ने हुन्छ । उनले भने हातखट्टा छोपिने गरि पूरा बाहुला भएको लुगा लगाउनुपर्दछ । त्यस्तै वन जंगलमा घाँसदाउरा गर्न जाँदा, पूरा बाहुला भएको लुगा वा लामखुट्टे भगाउने मलमको प्रयोग गरे लामखुट्टेको टोकाइबाट बच्न सकिने उनले बताए ।