गोदावरीको पर्यटकिय क्षेत्र काठेपुल वरीपरी सरसफाई

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न. ४ को गोदावरी काठेपुल क्षेत्र र बजारमा सरसफाई गरिएको छ ।

CP Hospital Dhangadhi

गोदावरी अस्थाई प्रहरी पोष्ट , ट्राफिक अस्थाई चेक पोष्टका  प्रहरीहरु र स्थानिय ब्यावसायी तथा  युवाहरुले गोदावरी काठेपुल क्षेत्र र बजारमा सरसफाई गरिएको छ । सरसफाईमा चाहिने सामग्रीहरु झाडो, पन्जा लगायत अन्य बस्तु गोदावरी नगरपालिकाले उपलब्ध गरेको जानकारी गोदावरी धाम विकास समितिसह सचिव दिपेन्द्र अबस्थीले बताएका छन ।

nawajiwan
Attariya Hospital

गोदावरीको पर्यटकीय क्षेत्रका रुपमा प्रचार–प्रसार गर्ने उद्देश्यले गोदावरीको काठे पुलमा समय समयमा झण्डा तथा डोकाहरु लगाउने क्रयाकलाप हुदै गर्दा सरसफाईमा पनि ध्यान दिनु पर्ने भएकाले सबैको सहयोगमा सरसफाई गरेको जानकारी अबस्थीले बताएका छन । गोदावरी धाममा पनि केही दिन अगाढी सरसफाई गरेको समेत बताएका छन ।

सुदूरपश्चिम प्रदेशकै धार्मिक पर्यटकिय क्षेत्र भएकाले गोदावरी क्षेत्रमा हुने विभिन्न विकृत गतिविधिहरु रोक्न प्रदेश सरकार र स्थानिय सरकारले पहल चाल्नुपर्ने बताए । साथै यस क्षेत्रको बिकासका लागि लगानी बढाउनु पर्ने बताएका छन ।