गोदावरी आविष्कार केन्द्रलाई सर्वोत्तम पेन्ट्सका संस्थापक नवीन भट्टद्वारा आवश्यक पेन्ट सहयोग प्रदान

Image
Nisarga Hospital

अत्तरियाः गोदावरी आविष्कार केन्द्रलाई *सर्वोत्तम पेन्ट्स प्रा.लि.*का संस्थापक तथा प्रबन्ध निर्देशक नवीन भट्टले पेन्ट सहयोग उपलब्ध गराएका छन्। यस सहयोग अन्तर्गत केन्द्रमा आवश्यकीय पेन्ट तथा अन्य सामाग्रीहरु प्रदान गरिँदैछ, जसले अनुसन्धान तथा आविष्कार क्षेत्रमा केन्द्रको भौतिक पूर्वाधारलाई मजबुत बनाउने उद्देश्य राखेको छ।

CP Hospital Dhangadhi

सर्वोत्तम पेन्ट्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमको सहयोगलाई प्राथमिकता दिँदै आएको छ। नवीन भट्टले भने, “देशको युवा तथा नवप्रवर्तनशील प्रतिभालाई सशक्त बनाउन हामीले यो सहयोगको शुरुवात गरेका हौं। गोदावरी आविष्कार केन्द्रले नयाँ-नयाँ आविष्कार तथा अनुसन्धानको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने काम गरिरहेको छ, र हामी त्यस प्रयासमा हातेमालो गर्न पाउँदा गर्व गर्दछौं।”

nawajiwan
Attariya Hospital

गोदावरी आविष्कार केन्द्रले विज्ञान, प्रविधि, नवप्रवर्तन र अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको छ, जहाँ विद्यार्थी तथा अनुसन्धानकर्तालाई विभिन्न स्रोत-साधन उपलब्ध गराएर उनीहरुको क्षमता विकासमा योगदान पुर्याउँदै आएको छ।

केन्द्रका प्रतिनिधि किरण भट्टले पनि यस सहयोगको स्वागत गर्दै भने, “यो सहयोगले हाम्रो अनुसन्धानको दायरा अझै फराकिलो बनाउनेछ र हाम्रो भौतिक पूर्वाधारलाई सुधार गर्न महत्वपूर्ण हुनेछ।”

यस सहयोगले आविष्कार केन्द्रको प्रयोगशालाहरू र कार्यक्षेत्रहरूलाई नयाँ रंगमा रंग्याउने मात्र नभई नविनतम प्रविधिहरूको खोजी तथा विकासमा अझ बढी उत्प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ।