बुढीतोलाको लक्ष्मी माध्यामिक विद्यालयको अध्यक्षमा पुनः रविन्द्र रोका मगर चयन

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा रहेको लक्ष्मी माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र रोका मगर चयन भएका छन् ।

CP Hospital Dhangadhi

मगर विद्यालयको अध्यक्षमा तेस्रो पटक अध्यक्षमा चयन भएका हुन् । शुक्रबार विद्यालयमा जनप्रतिनिधि सहितको बैठकले मगरलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

समितिको सदस्यहरुमा तेजबहादुर खनाल, कल्याण सिंह साउँद, गोमा खड्का, जयराज भट्टराई, मिनादेवी भट्टराई, शेरबहादुर घर्तिमगर, गोमा खड्का, जयराज भट्टराई, दिपक बोहरा र सदस्य सचिवका रुपमा विद्यलायका प्रधानाध्यापक लक्ष्मणसिंह कठायत चयन भएका हुन् ।

nawajiwan
Attariya Hospital

विद्यालयको जनप्रतिनिधिको तर्फबाट वडा सदस्य शेरबहादुर घर्तिमगर, गोमा खड्का र जयराज भट्टराई लाई नगरपालिकाले बुद्धिजिवी समाजसेवीका रुपमा नगरपालिकाले चयन गरेको हो ।

त्यस्तै गरी दिपक बोहरा शिक्षक प्रतिनिधिका रुपमा चयन भएको हुन् । यस्तै विद्यालयको शिक्षक अभिभावक संघ अध्यक्षमा राजबहादुर विष्ट चयन भएका छन् । विद्यालयमा अभिभाक भेला यहि भदौ २५ गते नै सम्पन्न भएको थियो ।