नेपाल प्रजातान्त्रिक सेनानी संघ कैलालीको दोस्रो जिल्ला अधिवेशन सम्पन्न

Image
Nisarga Hospital

धनगढी:  नेपाल प्रजातान्त्रिक सेनानी संघ कैलालीको दोस्रो जिल्ला अधिबेशन नेपाली काँग्रेसका जिल्ला सभापति नारायण दत्त भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । राष्ट्रिय सभाका सदस्य तथा पार्टी सभापति नारायण दत्त भट्टले अधिवेशनको समुदघाटन् गरे ।

CP Hospital Dhangadhi

सो अवसरमा उनले लोकतान्त्रिक सेनानी सघका सबै सेनानीको नेपालको लोकतन्त्र स्थापनामा ठूलो योगदान रहेको बताउदै यहीँहरुको अनुभव, बिज्ञता,संघर्ष र सिकाई काँग्रेसका लागि महत्वपुर्ण हुने छ भन्ने बिश्वास लिएको बताए। सेनानी हरि खनालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य नेपाल लोकतान्त्रिक सेनानी सघका केन्द्रीय सदस्य पुष्कर राज ओझा, केन्द्रीय सदस्य सुरेन्द्र बहादुर चन्द, केन्द्रीय सदस्य यज्ञनिधि कोईराला, नेपाली काँग्रेसका जिल्ला सचिव नृप बहादुर सुनार, नेपाल लोकतान्त्रिक सघ कन्चनपुरका जिल्ला अध्यक्ष लक्ष्मी बोहरा, पुर्व उपसभापती वीर बहादुर हमाल, मेनुका जोशीले उदघाटन सत्रको शुभकामना ब्यक्त गरे।

कार्यक्रममा स्वागत मन्तव्य सेनानी शेर सिह खडकाले गरेका थिए भने संचालन सेनानी प्रभात चौधरीले गरे । त्यसपछी भएको बन्द सत्रले बार्षिक कामको समीक्षा गर्दै आगामी कार्ययोजना पास गर्दै अधिबेशनबाट नयाँ कार्यसमिती र महाधिवेशन प्रतिनिधि चयन गरेको छ । निर्वाचित पदाधिकारीलाई केन्द्रीय सदस्य पुष्करराज ओझा र जिल्ला सचिव नृप बहादुर सुनारले बिजयी प्रमाण पत्र र टीका लगाएर बधाई तथा शुभकामना दिए ।

nawajiwan

निर्वाचित कार्यसमितिको नामावलीः–

(१) अध्यक्षः राम सिह रावल

(२) उपाध्यक्षः भागिराम चौधरी

(३) सचिवः कबिराज जोशी सदस्यहरु

(४) नरेश बहादुर शाह

(५) डम्बर बहादुर देउवा

(६) वीर बहादुर बोहरा

(७) चन्द्र बहादुर बोहरा

(८) धर्म सिह ऐर

Attariya Hospital

(९) जय बहादुर दमाई

(१०) मिलन राई

(११) खडक बि क

(१२) धनिराम राना

(१३) सुखराम चौधरी

(१४) भक्ती सापकोटा

(१५) मनिराम खनाल महाधिवेशन प्रतिनिधि

(१) दिर्घराज भट

(२) वीर बहादुर हमाल

(३) टिकादत्त जोशी

(४) धर्मराज भट्ट

(५) मेनुका जोशी