अत्तरियाका युवा नेता आगोले नयाँ बसपार्क काठमाडौंको सार्वजानिक सौचालय सरसफाइ

Image
Nisarga Hospital

अत्तरिया : नेपाली कांग्रेसका युवा नेता लोकराज पाण्डे (आगो) ले सार्वजनिक शौचालय सरसफाइ गर्ने अभियान निरन्तर अगाढी बढाएका छन् । केही अगाढी आफ्नो जन्म दिनको अबसरमा प्रत्यक बुधबार सार्बजनिक सौचालयको सरसफाई गर्ने अभियान स्वरुप आज काठमाडौं स्थित नयाँ वसपार्कको सार्वजानिक सौचालय सरसफाइ गरेका छन ।

CP Hospital Dhangadhi

‘सरसफाइ नै मानव सभ्यताको प्रमुख आधार हो भन्ने उद्देश्यले आज काठमाडौं स्थित नयाँ वसपार्कको सार्वजानिक सौचालय सरसफाइ गरेका छन । उनले भने ‘अभियान अन्तरगत प्रत्येक हप्ताको बुधवारको दिन २ घण्टा सार्वजनिक विद्यालय, मठ मन्दिरहरूमा जनचेतना फैलाउँदै आफै गएर सार्वजनिक शौचालयहरूको सरसफाइ गर्ने छु ।’

nawajiwan
Attariya Hospital

सार्वजनिक शौचालयमा जादा त्यहाँ फोहोर हुने गरेको अनुभव सुनाउँदै यो अभियान सुरु गर्ने योजना बनाएको बताए । उनले अभियान अन्तरगत नयाँ वस्पार्क सरसफाई इन्चार्ज सुजन सिलवाल र स्दुर पश्चिम प्रालिका इन्चार्ज मीन पनेरुलाई वल्टिन , बुरुस,जग,हर्पिक ,सोडा , ओदिनिल लागायत का समाग्री समेत हस्तान्तरण गरेका छन ।

सहर बजार हुँदै गाउँ घर मा रहेका सर्व जानिक बिद्यालय , मन्दिर ,वसपार्क लगायत्का स्थान सम्म जन चेतना फैलाउने उद्देश ले सुर भएको अभियान दोश्रो चरणमा यो कार्यक्रम गरिएको हो । सरसफाई नै जीवन हो ,भन्ने मुल नारा कस साथ सुरु भएको बताएका छन ।