
नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम सुदूरपश्चिम रोयल्सको सिइओमा प्रकाश खड्का नियुक्त भएका छन् । सुदूरपश्चिम रोयल्सले धनगढी प्रीमिएर लिग (डीपीएल)मा १० वर्ष डाइरेक्टरका रुपमा काम गरेका खड्कालाइ नियुक्त गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएको हो ।


देशकै पहिलो टि-२० धनगढी प्रीमिएर लिगलाई सफल पार्न मुख्य भुमिका निर्वाह गरेका खड्काले एनपीएलमा सुदूरपश्चिम क्रिकेटको थप प्रगति हुने सुदूरपश्चिम रोयल्सको आशा रहेको छ । सुदूरपश्चिम रोयल्सको मार्की खेलाडीका रूपमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । आठ टिम सहभागी हुने एनपीएल १६ मंसिरदेखि ६ पुससम्म हुनेछ ।































