नवजीवन सहकारीका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम

Image
Nisarga Hospital

अत्तरिया : धनगढीको नवजीवन सहकारी संस्थाले आफ्ना कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम दिएको छ । सहकारी शिक्षा कोष परिचालन उपसमितिले आयोजना गरेको तालिमको उद्घाटन तथा समापन अध्यक्ष बमले गरेका थिए ।

CP Hospital Dhangadhi

सम्पत्ति शुद्धीकरण निवारणको विषयमा संस्थाको भूमिका, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, सम्पत्ति शुद्धीकरण निवारण नियमावली २०७३ भएका प्रावधानहरू, विद्यमान ऐन तथा कानुनी संरचना तथा शंकास्पदरसीमा कारोबार विषयमा जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरिएको संस्थाका अध्यक्ष देब बहादुर बलमे जानकारी दिए ।

Attariya Hospital

संस्थाले २०७६ सालदेखि गोएमएल प्रणालीमार्फत सम्पत्ति शुद्धीकरणको रिपोर्टिङ गर्दै आएको समेत अध्यक्ष बमले जानकारी दिए । सम्पत्ति शुद्धीकरणको विषयमा संस्थाका कार्यरत सम्पूर्ण कर्मचारीहरुले जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको उनले बताए । ८४ जना कर्मचारीहरुको सहभागिता रहेको तालिमलाई अजय घिमिरे र प्रज्वल प्रधानले सहजिकरण गरेका थिए ।

nawajiwan