गोदावरी -४ बास्कोटामा आयोजित एपेक्स प्रीमियर लिगको उपाधी जमुनानगरलाई

Image
Nisarga Hospital

अत्तरिया: कैलालिको गोदावरी – ४ बास्कोटामा आयोजित एपेक्स प्रीमियर लिग – २०८१ क्रीकेट प्रतियोगिताको उपाधी टिम जमुनानगरले हात पारेको छ । मंगलबार भएको फाइनल खेलमा टिम लालपुरलाइ पराजित गर्दै टिम जमुनानगरले उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

CP Hospital Dhangadhi

उपाधी जितेको टिम जमुनानगरले नगद रु. १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपबिजेता बनेको टिम लालपुरले नगद रु. ७ हजार ५ सय सहित ट्रफी, मेडल र प्रमाणपत्र बुझेका छन ।

nawajiwan
Attariya Hospital

बेस्ट ब्याट्सम्यान टिम लालपुरका खेलाडी मुकेश कुँवर बनेका छन भने बेस्ट बलर सोही टिमका सुरेश चन्द बनेका छ्न । उनिहरुलाइ आकर्षक पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिता मा बिजयी भएका खेलाडी र टिमलाइ एक कार्यक्रम का बिच पुरस्कृत गरिएको छ ।

आयोजक ज्वाला देवि युवा क्लबका सचिव खेमराज जोशिको सभापतित्वमा आयोजित कार्यक्रम का प्रमुख अतिथी गोदावरी नगरपालिका -४ का वडाध्यक्ष हेम प्रकाश मल्ल रहेका थिए भने बिशिस्ठ अतिथिमा जनकल्याण एकेडेमी बास्कोटाका प्रिन्सिपल प्रकाश मल्ल रहेका थिए । ६ टिम सहभागी रहेको उक्त प्रतियोगिता यहि असोज १५ गतेदेखी सुरु भएको थियो ।