गोदावरी १२ को कोलमुडा नाईल-सल्लीचाप कृषि सडकको बाटो मर्मत तथा सरसफाई

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न. १२ को चौकी डाँडा फल्टुडे सडक खण्ड अन्तरगत कोलमुडा नाईल कृषि सडकको मर्मत तथा सरसफाई कार्य सुरु भएको छ । गोदावरि नगरपालिकाको आर्थिक सहयोगमा चाप, सल्लि, नायल सडक र हलौडे देखि बड्डिमछेलि ,कौवाछेडा फल्टुडे सडक सफाइको निर्माणकार्य सन्चालन भएको छ ।

CP Hospital Dhangadhi
Attariya Hospital

बर्षातको समयमा खोला नाला सँगै खहरे खोलाको पानीले बर्षाको भलबाट सडक खण्डमा पुर्याएको क्षतीलाई मर्मत तथा सरसफाईका लागि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टको निर्देशन पश्चात यस क्षेत्रको सडक मर्मत कार्य सुरु भएको हो ।

सडक मर्मत अन्तरगत वड्डी मछेली, कोलमुडा नाईल , त्रिबेणी धाम , सिद्दा बाबा क्षेत्रमा मर्मत तथा सरसफाई कार्य सुरु भएको छ । वडा न. १२ का वडा अध्यक्ष भिम बहादुर खड्का बिशेष पहलबाट यस सुगम पालिकाको दुर्गम क्षेत्रको बिकासका लागि सदैब लागि रहेको देखिन्छ । उहाँ खानेपानी , शिक्षा र सडकका लागि गाउँ बस्तीको बिकासला अहोरात्र खटिएका छन । यस क्षेत्रको बिकासका लागि नगर प्रमुख बिरेन्द्र भट्टले गरेको प्रयास र प्रथमिकता दिएकोले धन्यवाद ज्ञापन समेत गरेका छन । साथै स्थानिय रुपमा दिपक कुमार खत्री समेत यस क्षेत्रको विकासका लागि लागि परेका छन ।

,


यो राजमार्ग सुदूरपश्चिम प्रदेशको ७ जिल्ला जोड्नको लागि बैलक्पिक राजमार्गको रुपमा अगाढी बढेको छ र सुदूरका पहाड तराई जोड्नका लागि छोटो र विकासका लागि आवश्यक पनि देखिन्छ । प्रत्येक वर्ष बाढी पहिराले सडकमा क्षति पुर्याउने भएकाले सडक मर्मत र सरसफाइलाई यहाँका स्थानीय तहले सधैँ प्राथमिकता राख्ने गरेका छन् ।