धनगढी उपमहानगरले गर्‍यो चार पालिकासँग निःशुल्क शव चिस्यान सेवा दिन सम्झौता

Image
Nisarga Hospital

अत्तरिया : धनगढी उपमहानगरपालिकाले छिमेकी स्थानीय तहमा समेत शव चिस्यान सेवा दिने सम्झौता गरेको छ। उपमहानगरपालिकाले गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका तथा कञ्चनपुरको पनर्वास र कृष्णपुर नगरपालिकासँग शव चिस्यान सेवा दिन सम्झौता नै गरेको हो। उपमहानगरसहित छिमेकी पाँच पालिकामा निःशुल्क शव चिस्यान सेवा धनगढीले प्रदान गर्दै आएको थियो।

CP Hospital Dhangadhi

गोदावरी नगरपालिका बाहेकका चार स्थानीय तहहरूसँग विहिबार सम्झौता गरिएको छ। २०८२ असार मसान्तसम्म छिमेकी चार पालिकामा यस्तो सेवा प्रदान गर्न सम्झौता गरिएको छ। उपमहानगरपालिकाको नगर प्रहरीले शव चिस्यान यन्त्र मृतकको घरमा लगेर जडान गर्नेछ। मृतकको अन्तिम संस्कार गरेपछि यन्त्र फिर्ता ल्याइने छ। छिमेकी स्थानीय तहमा समेत सेवा प्रदान गर्न उपमहानगरले शव चिस्यान यन्त्र थप गरेको थियो।

Attariya Hospital

शव चिस्यान यन्त्रको संख्या पाँच पुगेको छ। अब गोदावरी, गौरीगङ्गा नगरपालिका र कैलारी गाउँपालिकामा बसोबास गर्ने नागरिकले समेत शव चिस्यान सेवा पाउने नगरप्रमुख गोपाल हमालको सचिवालयले जनाएको छ। विदेशमा छोराछोरी र आफन्त भएको अवस्थामा उनीहरू घर नपुग्दासम्म मृत शरीरलाई सुरक्षित राख्न शव चिस्यान यन्त्रको प्रयोग हुने गरेको छ। उपमहानगरपालिकाले शव चिस्यान सेवा नगर प्रहरीमार्फत दिँदै आएको छ।

nawajiwan