हुलाकी राजमार्गको धनगढी क्याम्पस रोड फूलवारी टिकापुर हुदैं बर्दियाको राजापुर–शान्तिबजार खण्डमा बस सेवा सुरु

Image
Nisarga Hospital

कैलालीको धनगढी क्याम्पस रोड-फूलवारी-टिकापुर हुदैं बर्दियाको राजापुर सम्म हुलाकी राजमार्गमा बस सेवा सुरु भएको छ। सुन्दर सुदूरपश्चिम यातायात प्रालिले कैलालीको धनगढी–टीकापुर हुँदै बर्दियाको राजापुर–शान्तिबजारसम्म बस सेवा सुरु गरेको हो।

CP Hospital Dhangadhi

सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमबहादुर सोपकोटाले धनगढीको क्याम्पस रोडबाट फूलबारी हुँदै शक्तिसम्म चार वटा बसमार्फत सेवा सुरु गरेको बताए। उनले धनगढीदेखि चार वटा बस दैनिक शक्तिसम्म जाने गरेको बताए। बर्दियाका यातायात व्यवसायीसँगको छलफलपछि राजापुर, शान्तिबजारसम्म हुलाकी राजमार्गमा यातायात सेवा दिने उनले बताए।

Attariya Hospital

धनगढीको क्याम्पस रोडबाट दैनिक बिहान २ वटा बस शक्तिका लागि छुट्ने गरेका छन। दुई वटा बस शक्तिबाट धनगढीका लागि प्रत्येक बिहान आउने गरेका छन। धनगढी–फूलबारी–लालबोजी–टीकापुर हुँदै शक्तिसम्मको हुलाकी राजमार्गमा हाल बस सेवा सुरु गरिएको हो।

nawajiwan