
अत्तरियाः रेडियो नेपालमा कार्यरत संचारकर्मी/ पत्रकार टेकराज अबस्थी सम्मानित भएका छन ।

नेपाल भरीका सामुदायिक विद्यालयहरुमा राहत शिक्षकहरुको पेशागत हक हितको रक्षा गर्दै शिक्षा क्षेत्रको सुधारमा क्रियाशील नेपाल राहत शिक्षक केन्द्रीय समितिका पेशागत माग र मुद्दाहरुलाई स्थापित गराए बाफत अबस्थीलाई नेपाल राहत शिक्षक केन्द्रीय समितिले सम्मान गरेको छ ।

मिडिया मार्फत पुऱ्याउनुभएको अतुलनीय योगदानको उच्च कदर गर्दै अबस्थीलाई छैठौं महाधिवेशनको अवसरमा सम्मान पत्र प्रदान गरिएको हो ।
































