धनगढीमा अपाङ्गताका लागि पुनर्स्थापनासहितको अस्पताल सञ्चालन गर्न सम्झौता

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको धनगढीमा पुनर्स्थापनासहितको अस्पताल सञ्चालनको सम्झौता भएको छ। धनगढी उपमहानगरपालिका र अपाङ्गता बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, काभ्रेपलान्चोकबिच बुधवार सम्झौता भएको हो।

CP Hospital Dhangadhi

धनगढी उपमहानगरपालिका–७ देवहरियाको शिव माध्यामिक विद्यालयको परिसरमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र र वर्थिङ सेन्टरको भवनहरुमा पुनर्स्थापनासहितको अस्पताल सञ्चालनको सम्झौता गरिएको छ। धनगढीमा सुदूरपश्चिम प्रदेश पुनर्स्थापना केन्द्र सञ्चालन हुने भएको हो।

अपाङ्गता बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, काभ्रेपलान्चोकले धनगढीमा शाखाका रुपमा अस्पतालसहितको पुनर्स्थापना केन्द्र सञ्चालन गर्न सम्झौता गरेको धनगढी उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरपालिकाका अनुसार एक सय शय्या क्षमताको अस्पताल केन्द्रको छ। १८ वर्ष मुनिका अपाङ्गता भएका बालबालिकाको शल्यक्रिया लगायतका सेवा केन्द्रले दिने भएको हो।

nawajiwan
Attariya Hospital

धनगढीमा फिजियोथेरापीसहितका सामान्य उपचार सेवा दिने र शल्यक्रिया वा जटिल प्रकृतिका बिरामीहरूलाई उपचारका लागि काभ्रेपलान्चोक लैजाने तयारी गरिएको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थिले बताए । सुदूरपश्चिममा अपाङ्गता भएका बालबालिकाको स्वास्थ्य उपचार तथा पुनर्स्थापका लागि धनगढीमा केन्द्र सञ्चालन गरिने उनले बताए। उनीहरुलाई अर्थोपेडिक सहायता सामाग्री, अपाङ्गता सहायता सामाग्रीसँगैऔषधीको व्यवस्थापनसमेत गरिने भएको छ। अपाङ्गता सम्बन्धी शिक्षा तथा अभिमुखीकरणसमेत दिइने भएको छ।

धनगढी उपमहानगरपालिकाले भवन दुई वर्षका लागि केन्द्रलाई दिएको छ। उक्त केन्द्रमा आवश्यक पर्ने पानी, बिजुली, टेलिफोन तथा नेटको शुल्क भने केन्द्रले तिर्नुपर्ने छ।