सुदूरपश्चिम रोयल्सका कप्तान ऐरीको उत्कृष्ट ब्याटिङमा १८२ रनको लक्ष्य

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका छन्।

CP Hospital Dhangadhi

मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा दीपेन्द्रले २४ बलमा नटआउट ५७ रन जोडेका हुन्। अन्तिम दुई बलमा प्रतिश जिसीलाई लगातार दुई छक्का प्रहार गरेका उनले कुल ३ चौका र ५ छक्का प्रहार गरे।

Attariya Hospital

टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले दीपेन्द्रको उत्कृष्ट ब्याटिङको मद्दतमा ७ विकेटको क्षतिमा १८२ रन जोड्यो। जारी प्रतियोगितामा यो अहिलेसम्मकै ठूलो स्कोर हो। सुदूरले अन्तिम पाँच ओभरमा ६९ रन जोडेको थियो।

nawajiwan