एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम रोयल्स सँग लुम्बिनी लायन्स र कर्णाली याक्स सँग विराटनगर किङ्ग्स भिड्दै

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (NPL) क्रिकेटमा आज (शनिबार) दुई खेल हुनेछन्। पहिलो खेलमा बिहान ९ बजे त्रिभुवन विश्वविद्यालय (टीयू) अन्तर्राष्ट्रिय मैदानमा अपराजित सुदूरपश्चिम रोयल्स र जितविहीन लुम्बिनी लायन्स भिड्दै छन्। यो खेलमा राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल र टाइगर उपनामले परिचित दीपेन्द्र सिंह ऐरी बीच रोचक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

CP Hospital Dhangadhi

सुदूरपश्चिम रोयल्सले यसअघि खेलेका दुई खेलमा शानदार जित दर्ता गरेको छ। पहिलो खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको थियो। लुम्बिनी लायन्स भने अहिलेसम्म जितको खाता खोल्न सकेको छैन। पहिलो खेलमा लुम्बिनी विराटनगर किङ्ग्ससँग दुई विकेटले र दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो।

nawajiwan
Attariya Hospital

आजको दोस्रो खेलमा दिउँसो १:१५ बजे कर्णाली याक्सविराटनगर किङ्ग्स त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आमनेसामने हुँदैछन्।

कर्णाली याक्सले तीन खेल खेलेको छ, जसमा दुई खेलमा पराजित हुँदा एउटा खेल जितेको छ।
विराटनगर किङ्ग्सले पनि तीन खेल खेलेको छ र एउटामा जित्दै दुई खेलमा हार बेहोरेको छ।
दुवै खेलले लिग तालिकामा महत्त्वपूर्ण प्रभाव पार्नेछ।