
धनगढीको हसनपुरस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले मस्तिष्क, नशा र टाउको सम्बन्धी समस्याको उपचारका लागि वरिष्ठ न्युरोलोजिष्ट डा. सुमन भट्टराई (MBBS, MD, Neurology) को विशेष सेवा उपलब्ध गराउँदैछ।

डा. भट्टराई, जो National Neuro Center का अनुभवी विशेषज्ञ हुन्, आगामी पौष ६ गते हस्पिटलमा उपलब्ध हुनेछन्। उहाँको विशेषज्ञ सेवाबाट निम्न समस्या भएका बिरामीहरू लाभान्वित हुन सक्छन्:
प्यारालाईसिस भएका बिरामी
हात खुट्टा काप्ने वा झमझम गर्ने समस्या
मृगी (छारे रोग)
टाउको दुखाइ
पार्किन्सन रोग वा Movement Disorder
चक्कर लाग्ने समस्या
बिर्सने समस्या

- सेवाहरू:
निसर्ग हस्पिटलले २४ सै घण्टा आकस्मिक सेवा, सिटी स्क्यान सेवा, फिजियोथेरापी, र अत्याधुनिक HRS Pathology Lab मार्फत उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ।
स्वास्थ्य सम्बन्धी यी समस्याहरूबाट प्रभावित व्यक्तिहरूलाई समयमै चेकजाँच गरी उपचार गराउन आग्रह गरिएको छ।
स्थान: हसनपुर, धनगढी-५, कैलाली, नेपाल
निसर्ग हस्पिटलको यो पहलले क्षेत्रीय स्तरमा विशेष स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने विश्वास गरिएको छ।
































