एनपीएल क्रिकेटमा आजको खेलमा पोखरा एभेन्जर्स सँग विराटनगर किङ्स र काठमाण्डु गुर्खाज् सँग जनकपुर बोल्ट्स भिड्दै

Image
Nisarga Hospital

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार पनि दुई खेल हुँदैछन्।  पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किङ्स भिड्नेछन् । खेल बिहान सवा ९ बजे शुरु हुनेछ।

CP Hospital Dhangadhi

दुवैले आज पाँचौं खेल खेल्नेछन्। चार खेलमा तीन खेल हारेको पोखरा सातौँ र विराटनगर आठौँ स्थानमा छ। लिगमा दुवैले तीन खेल खेल्न बाँकी भएकाले प्लेअफ सम्भावना कायमै छ।दोस्रो स्पर्धा काठमाण्डु गुर्खाज्  जनकपुर बोल्ट्सबीच हुनेछ। पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ।

विराटनगरले लिग चरणमा जनकपुर, सुदूरपश्चिम र कर्णालीसँग पराजित हुँदा लुम्बिनीलाई भने जितेको थियो। अब उसले चितवन र काठमाडौंसँग खेल्न बाँकी छ।

nawajiwan
Attariya Hospital

पोखरा चितवन, जनपुर र कर्णालीसँग पराजित हुँदा लुम्बनीलाई  जितेको थियो। अब उसले काठमाडौं र सुदूरपश्चिमसँग खेल्न बाँकी छ।

बिहीबार हुने दोस्रो खेल काठमाडौंका लागि महत्त्वपूर्ण छ। उसले आज लिगमा अहिलेसम्म एक खेलमात्रै हारेको जनकपुरको सामना गर्दैछ। प्लेअफ सम्भावनालाई बलियो बनाउन काठमाडौंले आजको खेल जित्नुपर्नेछ।