नेपाल पत्रकार महासङ्घको निर्वाचन आज, मुख्य प्रतिस्पर्धीहरू को-को हुन्?

Image
Nisarga Hospital

आज नेपाल पत्रकार महासङ्घको निर्वाचन हुँदैछ। सदस्यता विवादका कारण पटक-पटक स्थगित हुँदै आएको निर्वाचन अन्ततः आज सम्पन्न हुने तयारीमा छ।

CP Hospital Dhangadhi

आगामी तीन वर्षका लागि नेतृत्व चयन गर्न निर्मला शर्मा, रमेश विष्ट, र देवीप्रसाद सापकोटा मुख्य प्रतिस्पर्धीका रूपमा रहेका छन्। प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानलबाट निर्मला शर्माले उम्मेदवारी दिएकी छिन्। रमेश विष्टले प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायत समूहको समर्थनमा प्रतिस्पर्धा गर्दैछन् भने देवीप्रसाद सापकोटा स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्।

वरिष्ठ उपाध्यक्ष पदमा दीपक आचार्य (युनियन र चौतारी प्यानल) र रोशन पुरी (सेन्टर र समाजवादी प्यानल) बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

nawajiwan
Attariya Hospital

महिला उपाध्यक्ष पदका लागि नीत पौडेल र गंगा बराल पौडेल प्रतिस्पर्धामा छन् भने समावेशी उपाध्यक्ष पदमा उमेशचन्द्र बागचन्द, मोहन सिंह, र सुवास साह बीच कडा टक्कर हुने अपेक्षा गरिएको छ।

महासचिव पदमा पनि त्रिपक्षीय प्रतिस्पर्धा छ। रामप्रसाद दाहाल (चौतारी र युनियन), लेखनाथ न्यौपाने (सेन्टर र समाजवादी), र स्वतन्त्र उम्मेदवार जन्मदेव जैसी प्रतिस्पर्धामा छन्।

यसपटक महासङ्घको चुनावमा चौतारी-युनियन गठबन्धन र सेन्टर-समाजवादी गठबन्धनका बीचमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।