
कैलाली उद्योग वाणिज्य संघले पत्रकार महासंघ कैलालीका नवनिर्वाचित अध्यक्ष श्रवण देउवा सहित सम्पूर्ण कार्यसमितिलाई बधाई दिँदै सम्मान गरेको छ। आइतबार आयोजित कार्यक्रममा सुदूरपश्चिम महोत्सवमा निमन्त्रणा गर्दै संघका अध्यक्ष पुस्पराज कुँवर र महासचिव ओम विष्ट सहितको टोलीले नवनिर्वाचित टिमलाई सम्मानपत्र प्रदान गरेका हुन्।


सम्मान ग्रहणपछि अध्यक्ष देउवाले संघप्रति आभार व्यक्त गर्दै पत्रकार महासंघ लोकतन्त्र र संविधानको रक्षाका लागि सधैं प्रतिबद्ध रहेको बताए। साथै, कैलाली उद्योग वाणिज्य संघसँग औद्योगिक र पर्यटन विकासका लागि सहकार्य गर्ने विश्वास व्यक्त गरे।
नवनिर्वाचित कार्यसमिति:
मंसिर २८ गते सम्पन्न निर्वाचनबाट श्रवण देउवा अध्यक्ष निर्वाचित भएका थिए। कार्यसमितिका अन्य सदस्यहरूमा:
उपाध्यक्ष: बिराज रोस्यारा
महिला उपाध्यक्ष: भावना जोशी
सचिव: तेजराज भट्ट
सह सचिव (खुला): शंकर बोहरा
समावेशी सह सचिव: निराजन परियार
कोषाध्यक्ष: सुनिल आउजी
सदस्यहरू:
खुला सदस्य: बालकृष्ण ओझा, कैलाश जोशी, दिनेश विष्ट, गगन अयडी, रतनलाल चौधरी, वीरेंद्र शाह, लोकु सिंह ठकुरी, चन्द्रप्रसाद खनाल
महिला सदस्य: अनिता चौधरी
दलित सदस्य: विवेककुमार नागरी
आदिवासी जनजाति सदस्य: सुधराम दहित
अन्य समावेशी सदस्य: जगत जैगडी
सदस्य: टेकसिंह धामी
नवनिर्वाचित कार्यसमितिलाई सम्मान गर्नुका साथै सुदूरपश्चिम क्षेत्रको आर्थिक, औद्योगिक र सामाजिक विकासमा थप योगदान दिने विश्वास कार्यक्रममा व्यक्त गरिएको थियो।






























