एनपीएलमा रोमाञ्चक मोड: चितवन र कर्णालीबीच इलिमिनेटरको भिडन्त

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दैछन्। शीर्ष दुई स्थानमा रहेर लिग चरण सकाएका यी दुवै टोलीलाई हाइली क्यापेबल मानिएको छ। खेल बुधबार दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ।

CP Hospital Dhangadhi

हाइ भोल्टेज भिडन्त
क्वालिफायरको यो खेललाई “हाइ भोल्टेज भिडन्त” का रूपमा हेरिएको छ। सुदूरपश्चिम लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै ७ मध्ये ६ खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा रहेको छ। जनकपुरले पनि सशक्त प्रदर्शन गर्दै ७ खेलमा ५ जितसहित १० अंक जोडेर दोस्रो स्थानमा पुगेको छ।

सुदूरपश्चिमको सन्तुलन , जनकपुरको लय
सुदूरपश्चिम टिम सबै पक्षमा सन्तुलित देखिएको छ। लिग चरणमा लगातार राम्रो प्रदर्शन गरे पनि सुरूवाती चार खेलपछिको लय गुमाउनुले केही प्रश्न उठाएको छ। तर, समग्रमा उनीहरू बलियो दावेदार देखिएका छन्।
दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेको जनकपुरको टोली लिग चरणभर प्रतिस्पर्धात्मक रह्यो। बलियो खेलाडीहरूको उपस्थितिले टोलीलाई अझ प्रभावशाली बनाएको छ।

nawajiwan

फाइनलको ढोका खुलाउन संघर्ष
यस खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउने छ, भने पराजित टोलीले दोस्रो अवसरका रूपमा दोस्रो क्वालिफायरमा खेल्ने मौका पाउनेछ। दुवै टोली यो खेल जितेर फाइनलमा छिटो पुग्ने रणनीतिमा छन्।

त्रिवि मैदानमा बुधबारको खेल दुवै टोलीका समर्थकका लागि रोमाञ्चक र उच्च अपेक्षासहितको हुने निश्चित छ। अब, सुदूरको सन्तुलन र जनकपुरको लयमध्ये कुन बलियो सावित हुन्छ, हेर्न बाँकी छ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तिम चरणमा प्रवेश गर्दै गर्दा चार टोली बाहिरिइसकेका छन्। अब बुधबारका दुई खेलपछि थप एक टोलीको यात्रा समाप्त हुनेछ, बाँकी तीन टोलीमध्ये एकले फाइनलमा स्थान सुरक्षित गर्नेछ भने अन्य दुईले बाँकी अवसरको लागि संघर्ष गर्नुपर्नेछ।

Attariya Hospital

इलिमिनेटर र क्वालिफायरको रोमाञ्चकता
फ्रेन्चाइज क्रिकेटको विशेषता बनेको इलिमिनेटर र क्वालिफायरको नियमले लिग चरणको उत्कृष्ट टोलीहरूलाई थप मौका दिने परिपाटीले खेललाई अझ रोचक बनाएको छ। यसै नियमको कारण शीर्ष दुई टोलीले फाइनल पुग्नका लागि एक अतिरिक्त अवसर पाउँछन् भने तेस्रो र चौथो स्थानमा रहेका टोलीले आफ्नो अन्तिम सम्भावनाका लागि भिडन्त गर्छन्।

बुधबार त्रिवि क्रिकेट मैदानमा हुने खेलहरूमध्ये पहिलो खेल इलिमिनेटर हुनेछ। यसमा तेस्रो स्थानको चितवन राइनोज र चौथो स्थानको कर्णाली याक्स भिड्नेछन्। चितवनले ८ अंकसहित तेस्रो स्थान सुरक्षित गरेको थियो, जुन प्रतियोगिता सुरु हुनुअघि अपेक्षा गरिएभन्दा राम्रो प्रदर्शन हो।

चितवनको किङ मेकर प्रदर्शन
चितवनले आफ्नो लिग चरणमा केही महत्वपूर्ण जित हात पारेको छ। विशेषगरी, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स विरुद्धको जितले अंकतालिकामा अन्य टोलीहरूको स्थान निर्धारण गर्ने भूमिकासमेत खेलेको थियो। चितवनका लागि बलिङतर्फ पाकिस्तानी खेलाडी सोहेल तनवीर र ब्याटिङतर्फ रवि बोपारा महत्त्वपूर्ण साबित भएका छन्।
त्यस्तै, नेपाली युवा बलर रिजन ढकाल प्रतियोगिताको नयाँ खोजका रूपमा देखा परेका छन्। उनलाई कुशल मल्लको राम्रो साथ प्राप्त भएको छ, जसले आफू लयमा फर्केको संकेत दिएका छन्।

कर्णाली याक्स: भाग्य र बहादुरीको मिश्रण
कर्णाली याक्सले पनि ८ अंक हासिल गर्दै चौथो स्थान सुरक्षित गरेको छ। नेट रनरेटको मद्दतले अन्तिम चारमा पुगेको कर्णालीको चर्चा प्रतियोगिता अघि नै व्यापक थियो। तर, मैदानमा टिमले चार लगातार जित निकाल्दै आफूलाई कमजोर टोलीको सूचीबाट हटाउन सफल भयो।

निर्णायक भिडन्तको प्रतीक्षा
चितवन र कर्णालीको बुधबारको भिडन्त एक रोमाञ्चक खेल हुने अपेक्षा गरिएको छ। खेलको विजेताले क्वालिफायरमा स्थान बनाउनेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ। दुवै टोली आफ्नो बलियो खेलाडी र रणनीतिका साथ मैदानमा उत्रिने तयारीमा छन्।

एनपीएलले आफ्नो रोमाञ्चकता कायम राख्दै गर्दा समर्थकहरू बुधबारको खेलमा सास थामेर हेर्ने तयारीमा छन्। अब, कसको यात्रा समाप्त हुन्छ, र को फाइनलको थप नजिक पुग्छ, त्यो हेर्न बाँकी छ।