कर्णाली याक्स सँग जनकपुर बोल्ड्स २ बिकेटले रोमाञ्चक बियजी, सुदूरपश्चिम सँग फाईनलमा जनकपुर बोल्ड्स भिड्ने

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको फाइनल खेलमा सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स भिड्ने भएका छन्। दुवै टोलीले लिग र प्लेअफ चरणमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन्।

CP Hospital Dhangadhi

जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गर्‍यो।

सुदूरपश्चिम रोएल्सले बुधबार जनकपुरलाई नै हराउँदै पहिलो टिमका रूपमा फाइनल प्रवेश गरिसकेको थियो।

nawajiwan
Attariya Hospital

यी दुई टोली लिग र प्लेअफमा दुई पटक भेट हुँदा दुबै पटक सुदूरपश्चिम विजयी भएको थियो।
अबको तेस्रो भेटमा सुदूरपश्चिम आफ्नो दबदबा कायम राख्छ कि जनकपुरले बदला लिन्छ, त्यसका लागि शनिबारको फाइनल कुर्नुपर्नेछ।
यो फाइनल खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। दुवै टोलीका समर्थकहरूका लागि यो खेल महत्त्वपूर्ण हुनेछ, र यसले नेपाली क्रिकेटमा नयाँ अध्याय थप्नेछ।