
अत्तरियाः अत्तरियामा रहेको अत्तरिया हस्पिटलले माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट दिने भएको छ । सम्झौता अनुसार अस्पतालबाट कुनै पनि सेवा लिने बैंकका ग्राहकहरुले विशेष छुटको ब्यवस्था पाउने छन ।

अत्तरिया हस्पिटलका संचालक आनन्द पाठक र बैंकका प्रमुख तथा प्रतिनिधसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । दुवै पक्षबिच सम्झौता भएको मिति देखि नै ( पौष महिना देखि नै) लागु भई एक वर्षको अवधि रहनेछ भने माछापुच्छ्रे बैंङ्कले अत्तरिया हस्पिटललाई छुटको लागी बिरामी उपचारमा पठाउँदा संस्थाको पत्र या बिरामीको परिचय खुल्ने कागजातको प्रतिलिपि पेश गर्नुपर्ने जानकारी अस्पतालका प्रशासकिय अधिकृत डिल्लीराज पाठकले बताएका छन ।

निजी क्षेत्रवाट संञ्चालित स्वास्थ्य उपचार सेवा प्रदायक अत्तरिया हस्पिटलले आफ्नो व्यापार प्रवर्द्धन नीति अनुसार विभिन्न संघ संस्थाहरुसँग स्टाफ तथा परिवारजनकालागि सरलिकृत सेवा दिने र शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरी सोहि अनुरुप सेवा उपलव्ध गराउँदै आएको छ ।
































