
कैलालीको लम्कीचुहा नगरपालिका–४ बचैलास्थित खाली घरबाट २.६२ ग्राम खैरो हेरोइनसहित ४ जना बिहीवार बिहान पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा कौवापुर बस्ने आरन थापा (२४), जगत वड (२३), १६ वर्षीय किशोर, र चिसापानी बस्ने भिमसेन सापकोटा (२४) रहेका छन्।


उनीहरूलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।































