
कैलालीको गोदावरी नगरपालिकामा अध्ययनरत ३५ जना जेहेन्दार र अनाथ बालबालिकालाई हेमा श्री फाउन्डेसन नेपाल का कार्यबाहक अध्यक्ष हेमन्त बाजे र महिला नेता रीता शाहको सहकार्यमा न्यानो लुगा र टोपि वितरण गरिएको छ।


वितरण कार्यक्रम गोदावरी नगरपालिका–४, दामदरेस्थित बाह्रदेउ आधारभूत विद्यालयमा आयोजित गरिएको थियो। कार्यक्रममा बालबालिकाहरूले अत्यधिक खुशी व्यक्त गरेका थिए। यो नेक कामले समाजको जरुरी आवश्यकतालाई सम्बोधन गर्ने मात्र नभएर बालबालिकाहरूको भविष्य निर्माणमा सहयोग पुर्याउने उद्देश्य पनि बोकेको छ।






























