९औं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१ सुरु

Image
Nisarga Hospital

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ, कैलालीको आयोजनामा ९औं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१ सुरु भएको छ। महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गरेका हुन्।

CP Hospital Dhangadhi

सुदूरपश्चिम प्रदेश सरकारको मुख्य प्रवर्द्धनमा आयोजना गरिएको यो महोत्सव पुस १५ गतेसम्म संचालन हुनेछ। उद्घाटन कार्यक्रम नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ, कैलालीका अध्यक्ष भिम पडालको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रमको संचालन पत्रकार सिताराम ओझाले गरेका थिए।

महोत्सवको उद्देश्य पुस्तक पढ्ने संस्कृतिलाई प्रवर्द्धन गर्नुका साथै शैक्षिक सामग्रीको पहुँचलाई सहज बनाउनु हो। महोत्सवमा विभिन्न पुस्तक प्रकाशक, स्टेशनरी व्यवसायी, र लेखकहरूको सहभागिता रहेको छ। उद्घाटन समारोहमा विभिन्न वक्ताहरूले पुस्तक र शिक्षाको महत्त्वबारे आफ्ना धारणा राखेका थिए।

nawajiwan
Attariya Hospital

आयोजकका अनुसार, महोत्सवमा विभिन्न शैक्षिक कार्यक्रम, पुस्तक प्रदर्शनी, र पुस्तक विमोचनजस्ता विशेष कार्यक्रमहरू सञ्चालन गरिनेछन्। स्थानीय र राष्ट्रिय लेखकहरूबीच अन्तरक्रियाका साथै विद्यार्थी र अभिभावकहरूका लागि उपयोगी सत्रहरू पनि हुनेछन्।

पुस्तकप्रेमी, विद्यार्थी, शिक्षक, र आम जनताका लागि यो महोत्सव एक अनुपम अवसर बन्ने अपेक्षा गरिएको छ।