दीपेन्द्रले पाएको कारको १५ लाख बराबरको कर शारडा ग्रुपले नै तिरिदिने !

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को ‘ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ घोषित सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले ओमोडा ईफाइभ डिलक्स एसयूभी पुरस्कारस्वरूप प्राप्त गरेका छन्।

CP Hospital Dhangadhi

यो सम्मान एसपीजी अटोमोबाइल्स प्रा.लि., जो नेपालमा ओमोडा एन्ड जेइकोका आधिकारिक वितरक हुन्, तथा शारडा ग्रुपद्वारा प्रदान गरिएको हो। ओमोडा एन्ड जेइको एनपीएलको पहिलो संस्करणका लागि ‘ड्रिभन बाइ’ सह-प्रायोजकको रूपमा संलग्न थियो।

दीपेन्द्रले प्रतियोगितामा ९ खेलमा २२७ रन, ९ विकेट, र ७ रन-आउटको उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टोलीलाई फाइनलसम्म पुर्‍याएका थिए। उनको यो प्रदर्शनको कदरस्वरूप विशेष समारोहमा उनलाई ओमोडा ईफाइभ एसयूभी प्रदान गरिएको हो।

nawajiwan
Attariya Hospital

गाडी पुरस्कारबापत लाग्ने सम्पूर्ण कर शारडा ग्रुपले व्यहोर्ने घोषणा गरेको छ। २०२४ को अगस्टमा नेपालमा सार्वजनिक गरिएको यो आधुनिक र आकर्षक डिजाइनसहितको इलेक्ट्रिक एसयूभी दीपेन्द्रको उत्कृष्ट योगदानलाई सम्मान दिनका लागि प्रदान गरिएको हो।

एनपीएलको पहिलो संस्करणका खेलहरू मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न भएका थिए। यस ऐतिहासिक लिगमा ओमोडा एन्ड जेइकोले सह-प्रायोजकको रूपमा सक्रिय उपस्थिति जनाउँदै नेपाली क्रिकेटको प्रगति र खेल क्षेत्रको उन्नतिमा महत्त्वपूर्ण भूमिका खेलेको छ।