परराष्ट्रमन्त्री आरजु राणा देउवा भोलि कैलाली आउने, जालपादेवी केबुलकारको शिलान्यास गर्ने

Image
Nisarga Hospital

परराष्ट्रमन्त्री आरजु राणा देउवा भोलि साँझ ४:३० बजे नियमित हवाई उडानमार्फत कैलालीको धनगढी आउने भएकी छिन्। धनगढी विमानस्थलमा नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ ले स्वागत कार्यक्रम आयोजना गर्ने तयारी गरेको सभापति बसन्त रोकायाले जानकारी दिएका छन्।

CP Hospital Dhangadhi

शनिबार, परराष्ट्रमन्त्री आरजुले कैलालीको चिसापानीमा निर्माण हुन लागेको जालपादेवी केबुलकारको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। केबुलकार निर्माणका लागि हालसम्म १,८०० भन्दा बढी रुख कटान भइसकेको र २० बिघा जग्गा परियोजनाका नाममा दर्ता भइसकेको बताइएको छ।

Attariya Hospital

यो केबुलकार परियोजना नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जिल्ला समन्वय समिति कैलालीका पूर्वसभापति सूर्यबहादुर थापाको नेतृत्वमा निर्माण हुन लागेको हो। अध्यक्ष ढकाल चन्द्रागिरि केबुलकारका सञ्चालकसमेत हुन्।

nawajiwan

जालपादेवी केबुलकारले धार्मिक पर्यटन प्रवर्द्धन गर्ने र क्षेत्रीय आर्थिक गतिविधिलाई बढावा दिने विश्वास गरिएको छ।