गोदावरीको स्याउलेमा सारदा फुटबल लिग हुने

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको स्याउलेमा सारदा फुटबल लिग हुने भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेमा आगामी माघ १२ गतेदेखि १६ गतेसम्म सारदा फुटबल लिग हुन लागेको हो । स्याउलेमा रहेको सारदा बिद्या निकेतनको आयोजनामा सुदूरपश्चिम प्रदेश स्तरिय अन्तर बिद्यालय फुटवल प्रतियोगिता आयोजना गर्न लागेको सारदा बिद्या निकेतनका प्रबन्ध निर्देशक रामचन्द्र शाहीले जानकारी दिए ।

CP Hospital Dhangadhi

स्याउले सगैं यस क्षेत्रमा बिद्यालय स्तरिय फुटबलको बिकास गर्ने उद्देश्य सहित फुटवल प्रतियोगिता आयोजना गरिन लागेको उनले बताए । यस प्रतियोगिताले बिद्यालय स्तरमा फुटवलको माहोल बढाउने उनको बिश्वास छ । प्रतियोगितामा १२ टिमको सहभागिता रहने शाहीले बताए । १० हजार टिम इन्ट्री रहेको प्रतियोगिताका बिजेताले नगद ५० हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । उप( बिजेताले नगद २५ हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने आयोजकले बताएकको छ । यस्तै सबोत्कृष्ट खेलाडीले नगद २ हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र, उत्कृष्ठ गोलरक्षकले नगद १ हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र, उदयमान खेलाडीले नगद १ हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र र प्लेयर अफ द म्याचले प्रत्येक खेलको ५ सय रुपयाँ नगद प्राप्त गर्ने बिद्यालयका प्रबन्ध निर्देशक शाहीले बताए ।

Attariya Hospital

प्रतियोगितालाई वाइवाई, निसर्ग हस्पिटल, ओसन पब्लिकेसन, इमेज होटल, ड्रिम लिकं धनगढी, श्रीपेच एजुकेशन, दिब्य कलेज, एस।पि।ए, मायामेट्रो हस्पिटल, रुटिन अफ सुदुरपश्चिम बन्द, गुरुकुल एकेडेमी, कामिक्षा डेरी, रोयल सुट हाउस, डि।टु क्याफे, श्री कलेज अफ म्यानेज्मेन्ट, बिनोद शाही लगायतले प्रायोजन गरेका छन् ।

nawajiwan