
एसपिजी अटोमोबाइल्सले नेपाली क्रिकेटर तथा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीलाई ओमोडा एन्ड जेइको ब्रान्डको ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।

सोमबार, दीपेन्द्र र ओमोडा एन्ड जेइकोका नेपालका लागि आधिकारिक विक्रेता शारडा ग्रुप एसपिजी अटोमोबाइल्स प्रालिबीच सम्झौता भएको हो।
यस अवसरमा, नेपाल प्रिमियर लिग (एनपिएल) को उत्कृष्ट नेपाली खेलाडी घोषित दीपेन्द्रलाई पुरस्कारस्वरूप ओमोडा एन्ड जेइको कार हस्तान्तरण गरिएको थियो।


ओमोडा एन्ड जेइको एनपिएलको पहिलो संस्करणका लागि ‘ड्रिभन बाइ’ सह-प्रायोजकका रूपमा रहँदै आएको थियो। एनपिएल सुरु हुनुभन्दा अघि नै ओमोडाले उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार दिने घोषणा गरेको थियो।
यो नियुक्तिले दीपेन्द्रको क्रिकेट यात्रा र ओमोडा ब्रान्ड दुवैलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ।






























