
सुदूरपश्चिम सरकारले प्रदान गर्ने एमबिबिएस छात्र वृत्तिमा एक नम्बरमा नाम निकाल्न सफल भएकी स्तुति मिश्रलाई आज शारदा माध्यमिक विद्यायले एक कार्यक्रमका बिच सम्मान गरेको छ । कक्षा १० सम्म शारदा मा वि धनगढी –२, वैयावेहडीमा अध्ययन गरेकी स्तुतिले २०७७ सालको एसईई परीक्षामा ४ जीपीए ल्याएर उत्कृष्ट समेत भएकी विद्यालय परीवारले जनाएको छ ।

स्तुतिले गरेको यो शैक्षिक उपलब्धीले विद्यालय समेत गौरावान्दित भएकाले आज स्तुति र स्तुतिका बुवालाई विद्यालय परिवारले नगद ५ हजार सहित सम्मान गरेको शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक तेज बहादूर सिंह जानकारी दिए ।

सुदूरपश्चिम सरकारका मा. समाजिक विकास मन्त्री मेखराज खड्काले विद्यालयमा आयोजित कार्यक्रममा सम्मान गरेको हो । विद्यालय परिवारको तर्फबाट स्तुति मिश्रलाई अगामी शैक्षिक यात्राको उत्तरोउत्तर प्रगतिको शुभकामना समेत प्रदान गरिएको थियो ।
































