
कैलालीको चुरे गाउँपालिकामा सुन्तला खेती मुख्य व्यवसायको रूपमा स्थापित हुँदै आएको छ। अहिले चुरेबासीहरू सुन्तला बिक्रीमा व्यस्त छन्, जसले गर्दा किसानहरूले मनग्य आम्दानी गर्दै गाउँको आर्थिक अवस्था सुधार गर्न सफल भएका छन्।

गाउँपालिका अध्यक्ष चक्र बोगटीका अनुसार, कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर किसानहरूलाई बोट बिरुवा, सिँचाइ कुलो, र उपकरणमा अनुदान प्रदान गरिएको छ। “किसानहरूको उत्पादन क्षमता बढाउन विभिन्न प्रकारका सहयोगहरू गरेका छौं,” अध्यक्ष बोगटीले बताए।
स्थानीय किसानहरूले गाउँपालिकाको सहकार्यले आफ्नो व्यवसायमा सकारात्मक प्रभाव परेको र यस वर्षको उत्पादनले राम्रो मूल्य पाएको बताउँदै खुशी व्यक्त गरेका छन्।




सुन्तला खेतीबाट प्राप्त आम्दानीले गाउँलेहरूको जीवनस्तर उकास्नुका साथै चुरे क्षेत्रको पहिचान समेत स्थापित गरिरहेको छ। किसानहरूले सुन्तलाको प्रशोधन र निर्यातसम्बन्धी थप सुविधाहरू उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्।



































