
नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) कैलाली जिल्ला शाखाको पाँचौं अधिवेशनले रामबहादुर दहितको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
शनिबार धनगढीमा सम्पन्न अधिवेशनले दहितलाई पुनः अध्यक्षमा चयन गर्नुका साथै सागर कुश्मीलाई सचिवको जिम्मेवारीमा यथावत राखेको छ।
- उपाध्यक्ष: अनिता चौधरी
- सहसचिव: जीवनलाल डगौरा
- कोषाध्यक्ष: सन्तोष राना
- सदस्यहरू:
- कालुराम चौधरी
- दशीराम चौधरी
- सरस्वती राना
- शेरबहादुर चौधरी
- जीवन चौधरी
- ज्ञानु राना
- अर्जुन कठरिया
- निर्मला चौधरी
सुदूरपश्चिम प्रदेश परिषद् सदस्यहरू
रतनलाल चौधरी, गीता चौधरी, दिलबहादुर चौधरी, छपिलाल चौधरी, दिनेश राना, प्रेमलाल चौधरी, ठागुराम कठरिया, रामप्रसाद चौधरी, स्वरुप चौधरी र दिनेश दहित चयन भएका छन्।
फोनिजको केन्द्रीय परिषद्मा पहुरा दैनिकका सम्पादक प्रेम चौधरी, गोरखा पत्र दैनिकका संवाददाता अविनाश चौधरी, कारोबार दैनिकका संवाददाता मुकेश टेंर्रा, केर्नी न्यूज डट कमकी सम्पादक कालीमैया चौधरी (उन्नती) र रातोपार्टी डट कमका संवाददाता रामलखन चौधरी चयन भएका छन्।
फोनिजले आदिवासी जनजाति पत्रकारहरूको हकअधिकार, पेशागत सुरक्षा, सञ्चार, कानुन र समावेशिताका लागि निरन्तर पैरवी गर्दै आएको छ।

































