पश्चिमी वायुको सामान्य प्रभावले मौसम आंशिक बदलीः तराईका जिल्लामा बाक्लो हुस्सु सतर्क रहन आग्रह

Image
Nisarga Hospital

देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले सुदूरपश्चिम, गण्डकी, र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ। बाँकी भूभाग भने मुख्यतः सफा रहेको महाशाखाले जानकारी दिएको छ।

CP Hospital Dhangadhi

तराई र उपत्यकाका केही स्थानमा बिहान हुस्सु र कुहिरो लागेको छ।

आजको मौसम
महाशाखाका अनुसार, दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ। पहाडी भूभागमा पनि आंशिकदेखि सामान्य बदली रहनेछ। तराई क्षेत्र भने आंशिक बदलीदेखि मुख्यतः सफा रहने सम्भावना छ।

nawajiwan
Attariya Hospital

सोमबारको मौसम
भोलि गण्डकी, कर्णाली, र सुदूरपश्चिमका हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा हल्का हिमपात हुन सक्नेछ। पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीसहित एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रमा भने आंशिकदेखि सामान्य बदली हुनेछ।

सतर्कता अपनाउन आग्रह
बिहानको समयमा तराई र उपत्यकाका धेरै स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, र हवाई उडानमा असर पर्न सक्ने महाशाखाले चेतावनी दिएको छ। यसलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।