प्रदेशका सबै सरकारी अस्पतालमा निःशुल्क रक्त सेवा

Image
Nisarga Hospital

अत्तरिया : सुदूरपश्चिम प्रदेशका सबै सरकारी अस्पतालमा निःशुल्क रक्त सेवा आजबाट सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रसँग सहकार्य गरेर प्रदेश सरकारले यो सेवा सुरु गरेको हो ।

CP Hospital Dhangadhi

बिरामीका आफन्त रोशन चौधरीलाई निःशुल्क रक्त प्रदान गदैँ मुख्यमन्त्री कमलबहादुर शाहले सेवाको उद्घाटन गरे । सो क्रममा उनले आफू दोस्रो पटक मुख्यमन्त्री हुँदै गर्दा पहिलो निर्णयमै निःशुल्क रक्त उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेको बताए। उनले सामाजिक विकास मन्त्रालयले महत्त्वपूर्ण कार्यको थालनी गरेको उल्लेख गदै रेडक्रस निःस्वार्थमा सेवा गर्ने संस्था रहेको र यसमा दायाँबायाँ, भ्रष्टाचार नहुने गरेकाले प्रदेश सरकारले विश्वास गरेर रेडक्रससँग सहकार्य गरेको उल्लेख गरे ।

Attariya Hospital

“यो सहकार्य प्रदेश सरकारले अस्पतालहरूसँग पनि गर्न सक्दथ्यो”, मुख्यमन्त्रीले भने,“तर, रेडक्रस अझ बढी विश्वासिलो संस्था रहेकाले सरकारले रेडक्रससँग सहकार्य गरेको हो ।” प्रदेश सरकारले सुम्पेको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न उनले रेडक्रसकर्मीहरूलाई आग्रह गरे ।

nawajiwan

यसै गरी, सामाजिक विकास मन्त्री मेघराज खड्काले निःशुल्क रक्त सेवाले विपन्न वर्ग लगायतका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रदेशमै सबैभन्दा बढी १०७ पटक रक्तदान गर्नु हुने दीपक उपाध्यायलाई सो अवसरमा रक्तदान सद्भावना दूत नियुक्त गरिएको छ ।