कैलालीमा चुरे गाउँपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Image
Nisarga Hospital

अत्तरियाः चुरे गाउँपालिकाको आयोजनामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ। श्री मेलकट्टेस्वर माध्यमिक विद्यालय, चुरे–६ बयलामा आयोजित उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले प्रतियोगिताको उद्घाटन गरे।

CP Hospital Dhangadhi

अध्यक्ष बोगटीले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर विद्यार्थीको समग्र विकासका लागि खेलकुदको महत्वलाई जोड दिए। उनले भने, “खेलाडीहरूको प्रोत्साहनका लागि खेलमैदान निर्माण, खेल सामग्रीको वितरण, र विद्यालयस्तरमै खेलकुदलाई उन्नत बनाउन चुरे गाउँपालिका प्रतिबद्ध छ। साथै, पालिका स्तरकै नमुना रंगशालाको निर्माणको तयारी भइरहेको छ।”

उद्घाटन समारोहमा उपाध्यक्ष धना देवी थापा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, विद्यालयका प्रधानाध्यापक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, पत्रकार, युवा क्लबका अध्यक्ष, सामुदायिक वनका प्रतिनिधि, र विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

nawajiwan
Attariya Hospital

कार्यक्रम बयलाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर महराको सभापतित्वमा सम्पन्न भएको थियो। विद्यालयका प्रधानाध्यापक बम खत्रीले स्वागत मन्तव्य दिएका थिए।

तीन दिनसम्म चल्ने प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले जिल्लास्तरीय खेलकुद प्रतियोगितामा सहभागिता जनाउनेछन्। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि र प्रतिस्पर्धात्मक भावना बढाउने अपेक्षा गरिएको छ।